रियाद । मंगलबार बिहान इरान र उसका समर्थित समूहहरूले खाडी क्षेत्रमा रहेका अमेरिकी सहयोगी राष्ट्रहरू माथि ड्रोन तथा मिसाइल आक्रमण गरेका छन्। रियादस्थित अमेरिकी दूतावासमा दुई ड्रोन प्रहार हुँदा सीमित आगलागी र सामान्य क्षति भएको साउदी रक्षा मन्त्रालयले जनाएको छ। थप आठ ड्रोन खसालिएको दाबी गरिएको छ।
अर्बिल विमानस्थल आसपास विस्फोटका आवाज सुनिएको छ भने कुवेत र बहराइनमा पनि उच्च सतर्कता अपनाइएको छ। बहराइनमा साइरन बजाइएको पुष्टि गरिएको छ।
यसैबीच इजरायलले इरानबाट प्रहार गरिएका मिसाइलहरू विभिन्न क्षेत्रमा पत्ता लागेको जनाएको छ र बेरुतमा हिजबुल्लाह लक्षित आक्रमण गरेको छ।
तनाव बढ्दै जाँदा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कडा प्रतिकारको चेतावनी दिएका छन्। द्वन्द्व क्षेत्रीय युद्धतर्फ मोडिन सक्ने चिन्ता बढेको छ।




.gif)





