images

२०८३ कार्तिक ६ गते

images
images
images
  • समाचार
  • २६.०७ अंकले घट्यो बजार, ६ अर्ब...

२६.०७ अंकले घट्यो बजार, ६ अर्ब ७७ करोडको कारोबार

२६.०७ अंकले घट्यो बजार, ६ अर्ब ७७ करोडको कारोबार

images
images
बुधवार, आश्विन १६ २०८१
बुधवार, आश्विन १६ २०८१
  • काठमाडौं । बुधबार सेयर बजारको परिसूचक नेप्से २६ सयमुनि झरेको छ ।अघिल्लो दिनको तुलनामा यस दिन नेप्से २६.०७ अंक घटेको हो । सो गिरावटपछि नेप्से २५९७ अंकमा कायम भएको छ । कारोबार रकम घटेको छ । अघिल्लो दिन ७ अर्ब ६१ करोडको कारोबार भएकोमा आज ६ अर्ब ७७ करोडमै सीमित भयो ।

    images
    images

    ५४ कम्पनीको मूल्य बढ्दा १८७ को घट्यो भने ३ को स्थिर रह्यो । फाइनान्सबाहेकका सबै क्षेत्रगत सूचक घटेका छन् । फाइनान्स १.७५ प्रतिशत बढ्यो । बैंकिङ ०.७१, विकास बैंक १.३८, होटल तथा पर्यटन १.७९, हाइड्रोपावर १.७४, लगानी १.५२, जीवन बीमा ०.४०, उत्पादन १.७९, माइक्रोफाइनान्स १.१२, निर्जीवन बीमा १.८२, व्यापार १.१८ प्रतिशत घटे ।

    थ्रीस्टार हाइड्रोपावर र स्वरोजगार लघुवित्तको मूल्य १० प्रतिशत बढ्यो । इस्टर्न हाइड्रोपावरको ९.४५, अपरहेवाखोलाको ८.०२, नेपाल वेयरहाउजिङको ७.७, उपकार लघुवित्तको ७.६, गुडविल फाइनान्सको ७.१ तथा गुराँस लघुवित्तको ४.२ प्रतिशत मूल्य बढ्यो । विन नेपाल लघुवित्तको १० तथा न्यादी हाइड्रोपावरको ९.२ प्रतिशत मूल्य घट्यो ।कारोबार रकमका आधारमा नेपाल फाइनान्स, हिमालयन रिइन्स्योरेन्स, गुडविल फाइनान्स, नेपाल बैंक र शिवम् सिमेन्ट क्रमशः अगाडि रहे ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend