images

२०८३ आश्विन १६ गते

images
images
images

राष्ट्रपति रामचन्द्र पौडेलद्वारा फागुपूर्णिमा (होली)को शुभकामना

राष्ट्रपति रामचन्द्र पौडेलद्वारा फागुपूर्णिमा (होली)को शुभकामना

images
images
सोमवार, फाल्गुण १८ २०८२
सोमवार, फाल्गुण १८ २०८२
  • काठमाडौँ, १८ फागुन । राष्ट्रपति रामचन्द्र पौडेलले फागुपूर्णिमा (होली)को अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गरेका  छन।

    images
    images

    shree steel limited ipo.jpg

    शुभकामना सन्देश जारी गर्दै उनले होली पर्वले समाजमा आपसी सद्भाव, भाइचारा र एकताको भावना अझ मजबुत बनाउने विश्वास व्यक्त गरेका  छन। उनले समाजमा विद्यमान विकृति, विसङ्गति र कुरीतिहरूको अन्त्य गर्दै मौलिक संस्कृतिको संरक्षण र संवर्द्धन गर्न यो पर्वले प्रेरणा प्रदान गर्ने बताएका  छन।

    images
    images

    राष्ट्रपतिले असत्यमाथि सत्य, अन्यायमाथि न्याय र अधर्ममाथि धर्मको विजयको प्रतीकका रूपमा मनाइने होलीले वैरभाव त्यागी प्रेम र आत्मीयताको सन्देश फैलाउने उल्लेख गरेका  छन। आफन्तजन र साथीसँग अबिर तथा रङ्ग साटासाट गरी सद्भाव प्रकट गर्ने परम्पराले सामाजिक एकता सुदृढ बनाउने उनको भनाइ छ।

    उहाँले होलीका विविध रङ्गहरूझैँ नेपाली समाज पनि जातीय, भाषिक र सांस्कृतिक रूपमा विविधतापूर्ण रहेको र यही विविधताबीचको एकता नै नेपालीहरूको पहिचान र सुन्दरता भएको उल्लेख गरेका  छन।

    देशभर वसन्त ऋतुमा हर्षोल्लासका साथ मनाइने होली पर्व चिर ठड्याएर प्रारम्भ हुने र पूर्णिमाको राति चिर दाह गरेपछि समापन हुने परम्परा रहेको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend