images

२०८३ आश्विन १६ गते

images
images
images
  • कर्पोरेट
  • फर्टिलिटी सेवामा छुट: मेटलाइफ नेपाल र...

फर्टिलिटी सेवामा छुट: मेटलाइफ नेपाल र वात्सल्य आईवीएफबीच सहकार्य

फर्टिलिटी सेवामा छुट: मेटलाइफ नेपाल र वात्सल्य आईवीएफबीच सहकार्य

images
images
मंगलवार, फाल्गुण १२ २०८२
मंगलवार, फाल्गुण १२ २०८२
  • काठमाडौं। मेटलाइफ नेपालले आफ्ना ग्राहकलाई फर्टिलिटी तथा इन–भिट्रो फर्टिलाइजेसन (आईवीएफ) सेवामा विशेष छुट प्रदान गर्ने उद्देश्यले वात्सल्य नेचुरल आई वी एफ प्राईवेट लिमिटेडसँग सहकार्य घोषणा गरेको छ।यस सहकार्यअन्तर्गत ‘वान बाई मेटलाइफ’ एपमा उपलब्ध डिजिटल लाइफ कार्डमार्फत बीमित ग्राहक तथा उनका नजिकका परिवारका सदस्यले वात्सल्यका क्लिनिकहरूमा विशेष दरमा सेवा लिन सक्नेछन्।मेटलाइफका अनुसार विश्वसनीय र किफायती उपचारमा पहुँच फर्टिलिटी उपचारको यात्रामा रहेका परिवारका लागि महत्वपूर्ण हुन्छ। नेपालमा लागत, सामाजिक संकोच तथा पर्याप्त जानकारीको अभावका कारण धेरै व्यक्तिहरू फर्टिलिटी स्वास्थ्य सेवा लिन हिच्किचाउने अवस्था रहेको छ। नयाँ सहकार्यले यस्ता अवरोध न्यूनीकरण गर्दै विशेषज्ञ सेवामा सुरक्षित र भरपर्दो पहुँच विस्तार गर्ने लक्ष्य राखेको कम्पनीले जनाएको छ।

    images
    images

    डिजिटल लाइफ कार्डधारकले वात्सल्य क्लिनिकमा कार्ड देखाएर प्रमुख डायग्नोस्टिक परीक्षणमा १५ प्रतिशत छुट, पूर्ण आईवीएफ प्याकेजमा अधिकतम २० हजार रुपैयाँसम्म स्थिर छुट तथा अन्य फर्टिलिटी जाँच र परामर्श सेवामा १५ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन्।कम्पनीका अनुसार यो पहलले फर्टिलिटी स्वास्थ्य सेवा थप किफायती, सहज र गोपनीय बनाउँदै ग्राहकलाई आत्मविश्वासका साथ सेवा उपयोग गर्न सशक्त बनाउनेछ।सहकार्यमार्फत दुवै संस्थाले परिवारको जीवनका महत्वपूर्ण तथा चुनौतीपूर्ण चरणमा साथ दिने प्रतिबद्धता दोहोर्‍याएका छन्। ग्राहक–केन्द्रित सेवा र फर्टिलिटी उपचारसम्बन्धी विशेषज्ञतालाई संयोजन गर्दै पेरेंटहुडको यात्रामा रहेका व्यक्तिहरूलाई आशा र भरोसा प्रदान गर्ने लक्ष्य राखिएको जनाइएको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend