images

२०८३ आश्विन १८ गते

images
images
images
  • स्वास्थ्य
  • स्वास्थ्यका लागि हानिकारक हुन सक्छन् बिहानका...

स्वास्थ्यका लागि हानिकारक हुन सक्छन् बिहानका यस्ता बानी

स्वास्थ्यका लागि हानिकारक हुन सक्छन् बिहानका यस्ता बानी

images
images
मंगलवार, फाल्गुण १२ २०८२
मंगलवार, फाल्गुण १२ २०८२
  • काठमाडौं । बिहानको समयलाई स्वस्थ जीवनशैलीको आधार मानिन्छ । तर कतिपय मानिसका दैनिक बिहानका बानीहरू भने स्वास्थ्यका लागि उल्टै हानिकारक बन्ने गरेका छन् । विज्ञहरूका अनुसार दिनको सुरुवात कस्तो हुन्छ भन्ने कुराले शारीरिक मात्र होइन मानसिक स्वास्थ्यमा पनि ठूलो प्रभाव पार्छ । स्वास्थ्य विशेषज्ञ तथा विश्व स्वास्थ्य संगठन का विभिन्न अध्ययनहरूले पनि अस्वस्थ बिहानका बानीहरूले दीर्घकालीन रोगको जोखिम बढाउन सक्ने देखाएका छन् । बिहान उठ्नेबित्तिकै मोबाइल चलाउने बानी धेरै मानिस उठ्नेबित्तिकै मोबाइल हेर्ने गर्छन् ।

    images
    images

    नीले चिन्ता, तनाव र ध्यान केन्द्रित गर्न कठिन हुने समस्या निम्त्याउन सक्छ । बिहान पानी नपिउने रातभर शरीर डिहाइड्रेसन अवस्थामा हुन्छ । उठ्नेबित्तिकै पानी नपिउँदा पाचन प्रणाली सुस्त हुन्छ र शरीरको विषाक्त पदार्थ बाहिर निस्कने प्रक्रिया ढिलो हुन्छ । नास्ता नगर्ने वा ढिलो गर्ने नास्ता दिनको सबैभन्दा महत्वपूर्ण भोजन मानिन्छ । बिहान खाना नखाँदा शरीरमा ऊर्जा कमी हुन्छ, रक्तचाप असन्तुलित हुन सक्छ र दीर्घकालमा मधुमेह तथा मोटोपनाको जोखिम बढ्न सक्छ ।अत्यधिक चिया–कफीबाट दिन सुरु गर्ने खाली पेटमा धेरै कफी वा चिया पिउँदा एसिडिटी, ग्यास्ट्रिक तथा मुटुसम्बन्धी समस्या बढ्न सक्छ । बिहान व्यायाम नगर्ने वा निष्क्रिय रहने बिहान केही समय शारीरिक गतिविधि नगर्दा शरीर सुस्त हुने, मोटोपना बढ्ने र मानसिक ताजगी नआउने समस्या देखिन्छ । स्वास्थ्यकर्मीहरूका अनुसार बिहानको सही बानी जस्तै पानी पिउने, हल्का व्यायाम गर्ने, पौष्टिक नास्ता खाने र सकारात्मक सोचका साथ दिन सुरु गर्नाले दीर्घकालीन रूपमा स्वास्थ्य सुधार गर्न मद्दत गर्छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend