images

२०८३ आश्विन १६ गते

images
images
images
  • अटो
  • टाटा कमर्सियल गाडीहरूका लागि होली सर्भिस...

टाटा कमर्सियल गाडीहरूका लागि होली सर्भिस क्याम्प जारी

टाटा कमर्सियल गाडीहरूका लागि होली सर्भिस क्याम्प जारी

images
images
सोमवार, फाल्गुण ११ २०८२
सोमवार, फाल्गुण ११ २०८२
  • टाटा कमर्सियल गाडीको आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङले होली पर्वलाई लक्षित गरी सुरु ‘होली सर्भिस क्याम्प’ सोमबार दोस्रो दिन पनि जारी छ। फागुन १० गते आइतबार सुरु भएको क्याम्प शुक्रबारसम्म जारी रहनेछ। यो क्याम्प सिप्रदीका देशभर रहेका २० वटा सर्भिस सेन्टरमा सञ्चालन भइरहेको छ।  पर्वको समयमा सवारी साधनको चाप बढ्ने र सुरक्षित यात्रा सुनिश्चित गर्ने उद्देश्यले आयोजित यस क्याम्पमा गाडीका १० मुख्य पक्षहरूको प्राविधिक परीक्षण गरिनेछ। जसमा ब्रेक, इन्जिन, कुलिंग, टायर, इलेक्ट्रिकल, स्टेरिङ र सस्पेन्सन लगायतका प्रणालीको अवस्था जाँच गरिने कम्पनीले जनाएको छ।  

    images
    images

    क्याम्प अवधिभर मर्मत सम्भार गर्दा टाटा जेन्यूइन पार्ट्समा १५ देखि २० प्रतिशत, ल्युब्रिकेन्टमा २२ प्रतिशत र लेबर चार्जमा ५० प्रतिशत छुटको व्यवस्था गरिएको छ। साथै, सर्भिस प्याकेजमा दर्ता हुने ग्राहकले यो सुविधा एक वर्षसम्म उपभोग गर्न पाउनेछन्।प्रि-सर्भिस बुकिङ गरी वर्कशप आउने ग्राहकहरूमध्ये तीन जनालाई स्मार्टफोन प्रदान गर्ने योजना समेत रहेको छ। कम्पनीले यस अवधिमा दुई हजारभन्दा बढी गाडीहरूको प्राविधिक चेकअप गर्ने लक्ष्य लिएको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend