काठमाडौं । साताको तेस्रो कारोबार दिन (मंगलबार)को प्रिओपन सेसनमा सेयर बजार परिसूचक (नेप्से) झिनो अंकले बढेको छ । १.४८ अंकले बढ्दै नेप्से २५१०.३४ को बिन्दुमा उक्लिएको छ ।
यद्यपि, कारोबारमा आएका ३२ कम्पनीमध्ये १२ को मूल्य बढ्यो भने १७ को मूल्य घट्यो । तीन कम्पनीको मूल्य स्थिर रह्यो ।
विशेषगरी जलविद्युत क्षेत्रका कम्पनीको कारोबार भएको यो सेसनमा २७९७ कित्ता सेयर किनबेच भयो । जसको कुल कारोबार रकम २४ लाख १३ हजार ९९२ रुपैयाँ रह्यो ।कारोबारका हिसाबले नेपाल फाइनान्स, सोनापुर मिनरल्स, सिवम् सिमेन्टलगायत शीर्ष स्थानमा रहे ।लगातार गिरावटका बिच साताको दोस्रो कारोबार दिन (सोमबार) नेप्से ४४.४५ अंकले बढ्दै २५०८.८६ को बिन्दुमा उक्लिएको थियो । सोमबार कारोबारमा आएका अधिकांशजसो कम्पनीको मूल्य बढेको थियो ।
जसको प्रभाव आजको प्रिओपन सेसनमा पनि देखिएको छ । प्रिसेसनमा सूचकसँगै कारोबार रकम पनि केही बढेको छ । यसले आजको कारोबार केही सुखद हुने सम्भावनालाई दर्शाएको छ ।




.gif)





