images

२०८३ आश्विन २२ गते

images
images
images

मह बेचेर वार्षिक १४ लाख आम्दानी

मह बेचेर वार्षिक १४ लाख आम्दानी

images
images
मंगलवार, आश्विन १५ २०८१
मंगलवार, आश्विन १५ २०८१
  • बाँके। कोहलपुर नगरपालिका-१२ चप्परगौडीकी ४० वर्षीया नन्दकला सिजालीले मह बेचेर वार्षिक १४ लाख रुपैयाँ आम्दानी गर्दै आएकी छिन्। उनले १३० घार मौरीपालन गरेकी छिन् ।

    images
    images

    नन्दकला बाँके, बर्दिया र सुर्खेतसम्म व्यावसायिक मौरी पालकका रूपमा चिनिन्छिन्। नन्दकलाले आफूलाई मौरी चराउन कुनै मौसम वा स्थानले फरक नपर्ने बताइन्। १३० घार मौरी लिएर चराउन सुर्खेतको लेकफर्सामा पुग्ने गरेको उनले बताइन्।

    ‘मौरीपालन र मह उत्पादन गर्न भने सजिलो छैन’, नन्दकलाले भनिन्, ‘प्राकृतिकरूपमा परिवर्तन भइरहने ऋतुहरुले यसमा प्रत्यक्ष असर पार्छ।’ उनले बढी जाडो र बढी गर्मी हुँदा मौरीलाई बचाउन कठिन हुने बताइन्। फूल नफुलेको समयमा कृत्रिम खानासमेत बनाएर खुवाउनुपर्ने उनले जानकारी दिइन्।

    images
    images

    एक ठाउँबाट अर्को ठाउँमा मौरी चराउनलाई ट्रकमा राखेर लैजाने गरेको नन्दकलाले बताइन्। जंगलमा फूलेका प्राकृतिक फूलको रस खुवाउन चराउन जाँदा वनमा अरिङ्गाल, कमिला, बिछ्यू, चिबेचरा, मलसाँप्रोबाट मौरीलाई बचाउन गााह्रो हुने उनको अनुभव छ ।

    ‘समयसमयमा रानीमौरीको नश्ल सुधार गरिरहनु पर्छ’, नन्दकलाले भनिन्, ‘नश्ल सुधारिएको रानीमौरीको मूल्य पाँच-छ लाख रुपैयाँमा किन्नु पर्छ । यो सामान्य किसानलाई सजिलो छैन।’ जाडो समयमा बर्दियाको राजापुर, बेलुवा र गर्मी समयमा सुर्खेतको लेकफर्सासम्म मौरीलाई चराउन लग्ने गरेको उनले जानकारी दिइन्।

    १३० घार मौरीबाट वार्षिक करिब ३० क्विन्टल मह उत्पादन गर्ने गरेको बताउँदै नन्दकलाले तोरी, चिउरी र रुधिलो गरी तीन किसिमको महको मूल्य क्रमशः ६००, ७०० र ८०० रुपैयाँ पर्ने जानकारी दिइन्। मौरीको चाकाबाट निस्कने मैन, कुटलगायतको मूल्य पनि राम्रो पाइने उनको अनुभव छ।

    सात वर्षअघि ४० हजार लगानी गरेर १० घारबाट मौरीपालन व्यवसायलाई शुरु गरेकी नन्दकलाले अहिले करिब २० लाखको मह बिक्री गर्ने गरेको बताइन्। सबै खर्च कटाएर वार्षिक १४ नाफा हुने गरेको उनले जानकारी दिइन्।

    महको बजारमा माग बढी भएकाले बजारीकरणको समस्या नरहेको नन्दकलाले सुनाइन्। ‘काठमाडौं, पोखरा, बुटवललगायत सहरबाट पनि माग आइरहन्छ। हालसम्म कोहलपुर र नेपालगञ्जको माग पुर्‍याउन नै सकिएको छैन’, उनले भनिन्।

    नन्दकलाले आगामी दिनमा मौरीलाई बस्न घारको सङ्ख्या बढाउँदै जाने योजना रहेको सुनाइन्। स्थानीय सरकारले व्यवसायलाई विस्तार गर्न आर्थिक, प्राविधिक सहयोग गर्नुपर्ने भन्दै उनले आवश्यक सीप तथा तालिम पनि दिनुपर्नेमा जोड दिइन्। रासस

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend