images

२०८३ आश्विन २३ गते

images
images
images

घट्यो पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य, कुनको भाउ कति?

घट्यो पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य, कुनको भाउ कति?

images
images
मंगलवार, आश्विन १५ २०८१
मंगलवार, आश्विन १५ २०८१
  • नेपाल आयल निगमले पेट्रोल, डिजेल, मट्टितेल र हवाइ इन्धनको मूल्य घटाएको छ । निगम सञ्चालक समिति बैठकले सोमबार राती १२ बजेदेखि लागू हुने गरी पेट्रोलीयम पदार्थको मूल्य घटाउने निर्णय गरेको हो ।

    images
    images

    निगमले पेट्रोलमा प्रतिलिटर १ रुपैयाँ, मट्टितेल तथा डिजेलमा प्रतिलिटर २ रुपैयाँ र हवाइ इन्धनको मूल्य प्रतिलिटिर ६ रुपैयाँ घटाएको छ । मूल्य घटेपछि चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज क्षेत्रमा पेट्रोलको मूल्य प्रतिलिटर १५५ र डिजेल र मट्टितेल १४६ रुपैयाँ कायम भएको छ ।

    त्यस्तै सुर्खेत र दाङमा पेट्रोलको मूल्य १५७ र डिजेल तथा मट्टितेल १४६ रुपैयाँ कायम भएको छ । काठमाडौं, पोखरा र दिपायल क्षेत्रमा पेट्रोलको मूल्य १५८ रुपैयाँ र डिजले तथा मट्टितेलको मूल्य १४७ प्रतिलिटर कायम भएको आयल निगमले जनाएको छ ।

    images
    images

    त्यस्तै आन्तरिक हवाइ इन्धनको मूल्य प्रतिलिटर १२६ कायम भएको छ । अन्तर्राष्ट्रिय हवाइ इन्धनको मूल्य काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रतिकिलोलिटर ९६० अमेरिकी डलर र पोखरा तथा भैरहवामा ८६० रुपैयाँ प्रतिलिटर कायम गरिएको निगमले जानकारी दिएको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend