images

२०८३ आश्विन १८ गते

images
images
images

५ स्थानीय तहमा ‘सामुदायिक नर्सिङ तथा घरदैलो’ कार्यक्रम प्रभावकारी

५ स्थानीय तहमा ‘सामुदायिक नर्सिङ तथा घरदैलो’ कार्यक्रम प्रभावकारी

images
images
बुधवार, फाल्गुण ६ २०८२
बुधवार, फाल्गुण ६ २०८२
  • काठमाडौँ । सरकारले ५ स्थानीय तहमा ‘सामुदायिक नर्सिङ तथा घरदैलो’ कार्यक्रममार्फत बच्चादेखि ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण गर्दै आएकाे छ ।काठमाडौँको चन्द्रागिरि नगरपालिका, मोरङको इटहरी उपमहानगरपालिका, महोत्तरीको बर्दिवास नगरपालिका,स्याङ्जाको बालिङ नगरपालिका र बर्दियाको बारबर्दिया नगरपालिकामा सञ्चालन गरेको कार्यक्रम प्रभावकारी बन्दै गएको स्वास्थ्य सेवा विभागका नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखाका निर्देशक हिरादेवी निरौला जानकारी दिइन्।ती नगरपालिकाको प्रत्येक वडामा एक जना नर्सले खटिई स्थानीयवासीको स्वास्थ्यसम्बन्धी पूर्ण तथ्याङ्क सङ्लन, स्वास्थ्य अवस्थालगायतका विवरण सङ्कलन गर्दै सचेतना फैलाउने काम गर्ने उनले बताइन् । “घरदैलो कार्यक्रममा नर्सहरु प्रत्येक घरमा गई गर्भवतीदेखि ज्येष्ठ नागरिकको स्वास्थ्य चेकजाँचसम्मको डिजिटल प्रोफाइल तयार गरिन्छ”, उनले भनिन्, “ती व्यक्तिको स्वास्थ्य जोखिमको आधारमा समय समयमा उपचारात्मक सेवा प्रदान गर्ने गर्दछन् ।”

    images
    images

    चन्द्रागिरि नगरपालिकाका जनस्वास्थ्य शाखाका प्रमुख एवं वरिष्ठ जनस्वास्थ्य अधिकृत शम्भुकुमार महतोले विगत तीनवर्षदेखि नगरपालिकाका १५ वटै वडामा ‘सामुदायिक नर्सिङ तथा घरदैलो’ कार्यक्रम सञ्चालन हुँदै आएको जानकारी दिँदै यसबाट मार्फत बालबालिका, महिला तथा ज्येष्ठ नागरिक लाभान्वित भएको बताए।उनका अनुसार कार्यक्रम अन्तर्गत सुरक्षित मातृत्व र नसर्ने रोगको सेवा वढी प्रभावकारी छन् । उनले भने,“घरदैलोमा पुगेको समयमा नर्सहरुले रक्तचापको जाँच, मघुमेह, उच्चरक्तचाप, शरीरको तौललगायतको परीक्षण गर्दछन् ।” घरमा नै स्वास्थ्य जीवनशैली प्रवर्द्धन गरी सर्ने र नसर्ने रोग कम गराउन पनि कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने वरिष्ठ जनस्वास्थ्य अधिकृत महतोको भनाइ रहेको छ ।नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखाका निर्देशक निरौलाले नर्सिङ घरदैलो कार्यक्रममा खटिने नर्सले गर्भवती, सुत्केरी, सुत्केशीपश्चात्, नवशिशु स्वास्थ्य, बालस्वास्थ्य, किशोरकिशारी स्वास्थ्य, वयस्कदेखि ज्येष्ठ नागरिकलाई घरमा गई नियमित स्वास्थ्य परीक्षण र प्राथमिक उपचारसमेत प्रदान गर्ने बताइन्। यस्तै मानिसलाई मुटुरोग, मनोरोग, पाठेघरको क्यान्सर, मानसिक स्वास्थ्य, स्तन क्यान्सरसमेतको जनचेतना फैलाउने छन् ।

    यस्तै घरघरमा पुगी नर्सहरुले मानिसको व्यवहार गर्ने, स्वस्थ जीवनशैली र सन्तुलित खाना खान प्रोत्साहन र धुम्रपान तथा मध्यपान निरुत्साहित समेत गर्ने छन् । कार्यक्रमले गर्दा बर्दिवास नगरपालिकामा संस्थागत रुपमा सुत्केरी गराउने बढेको महाशाखाका निर्देशक निरौलाले जानकारी दिइन् । उनले अन्य स्थानीय तहमा पनि चाँडै कार्यक्रम लागू गर्ने बताए।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend