images

२०८३ कार्तिक ६ गते

images
images
images
  • समाचार
  • ४४ अंकले बढ्यो नेप्से,दुई हजार पाँच...

४४ अंकले बढ्यो नेप्से,दुई हजार पाँच सय विन्दुमा पुग्यो

४४ अंकले बढ्यो नेप्से,दुई हजार पाँच सय विन्दुमा पुग्यो

images
images
सोमवार, आश्विन १४ २०८१
सोमवार, आश्विन १४ २०८१
  • काठमाडौं ।  सोमबार (आज) सेयर बजार परिसूचक नेप्सेमा ४४.४५ अंकको वृद्धि देखिएको छ । २४६६ बिन्दुबाट सुरु भएको कारोबार सामान्य उतारचढावका बिच २५०८.८६ बिन्दुमा उक्लिएको हो । 

    images
    images

    आज परिसूचक भारी अंकले बढे पनि कारोबार रकममा भने गिरावट आएको छ । कुल ३१९ कम्पनीको ९७ लाख १७ हजार कित्ता सेयर खरिदबिक्री हुँदा ३ अर्ब ७१ करोड ५३ लाख रुपैयाँको कारोबार भएको छ । यसअघि केही दिनको कारोबार रकम ४ अर्बभन्दा बढी थियो ।

    आज २१० कम्पनीको सेयर मूल्य बढेको छ । ३३ कम्पनीको मूल्य घटेको छ भने एक कम्पनीको मूल्य स्थिर रह्यो । आज सीईडीबी जलविद्युत् कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । त्यस्तै कुमारी सबल योजना, यूनाइटेडलगायत कम्पनीको मूल्य ९ प्रतिशतभन्दा बढीले बढेको छ । आज नेप्सेमा सूचीकृत सबै उपसमूहको सूचक बढेको छ । 

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend