काठमाडौं- पूर्वी नेपालको प्रतिष्ठित आतिथ्य सत्कार, मोरङको विराटचोक, स्थित नेपालीरिका होटेल लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । यसैक्रममा सर्वसाधारणका लागि जारी गरिने रु. १००/- अंकित दरका ५०,००,००० कित्ताले हुन आउने रु. ५०,००,००,०००/- रकम बराबरको साधारण सेयर निष्कासन गर्न निष्काशन तथा बिक्री प्रबन्धकमा लक्ष्मी सन्राइज क्यापिटल लिमिटेडलाई नियुक्त गरिएको हो । उक्त सेयर निष्कासनका लागि नेपालीरिका होटेल लिमिटेडको तर्फबाट अध्यक्ष भोलेश्वर दुलाल तथा लक्ष्मी सनराइज क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत बिजय लाल श्रेष्ठबीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।
नेपालीरिका होटेल लिमिटेडको यो कदमले विकास, कम्पनीको पारदर्शिताका साथै नेपालको आतिथ्य उद्योग तथा पर्यटन विकास, विशेष गरी मोरङ प्रदेशमा लगानी अवसरहरूको विस्तारमा प्रतिबद्धता प्रतिबिम्बित गर्दछ ।पूर्वी नेपालमा अवस्थित विराटचोकमा रहेको नेपालीरिका होटलमा १४६ वटा सुन्दर ढंगले सजाइएको कोठा र सुइटहरू छन् । त्यस्तै दमकस्थित नेपालीरिका होटलमा ३९ वटा राम्ररी सजिएका कोठा र सुइटहरू, रेस्टुरेन्ट र बारहरू छन् । जुन परम्परागत नेपाली वास्तुकलामा निर्मित हेरिटेज ब्लकमा अवस्थित छ । होटलले ५० देखि १५०० व्यक्तिको लागि भोज र सम्मेलन र स्विमिंग पूलको सेवा पनि प्रदान गर्दछ ।




.gif)



