images

२०८३ आश्विन २५ गते

images
images
images

सर्वोच्चबाट मुद्दा जितेर संसद फर्केका गण्डकीका देवकोटा फेरि मन्त्री बन्दै

सर्वोच्चबाट मुद्दा जितेर संसद फर्केका गण्डकीका देवकोटा फेरि मन्त्री बन्दै

images
images
अर्थ समाचार
आइतवार, आषाढ १६ २०८१
अर्थ समाचार
आइतवार, आषाढ १६ २०८१
  • १६ असार, पोखरा । पदमुक्त गर्ने निर्णयकाविरुद्ध सर्वोच्चबाट मुद्दा जितेर शुक्रबार संसद छिरेका नेपाल समाजवादी पार्टीका सांसद फणीन्द्र देवकोटा आज गण्डकी प्रदेश सरकारको मन्त्री नियुक्त हुँदै छन् । देवकोटालाई मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई यसअघिकै ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्री नियुक्त गरेर सपथ खुवाउने तयारी गरेका छन् ।

    images
    images

    गत जेठ २८ गते माओवादीको निर्णयविपरीत सांसद देवकोटालाई मुख्यमन्त्री पाण्डेलाई विश्वासको मत दिलाएको भोलिपल्टै मन्त्री नियुक्त भएका थिए । माओवादी चुनाव चिह्नबाट विजयी भई माओवादी संसदीय दलकै सदस्य भएर ह्वीप उल्लंघन गरेको भन्दै माओवादीले पदमुक्त गर्ने निर्णय गरेको थियो ।

    माओवादीको निर्णयअनुसार सभामुख कृष्णप्रसाद धितालले बजेट आउनु अघिल्लो दिन जेठ ३२ गते देवकोटा पदमुक्त भएको सूचना टाँसेका थिए भने सभालाई पनि जानकारी गराएका थिए । माओवादीको निर्णयमा सभामुखले पदमुक्त गरेपछि त्यसको विरुद्धमा सर्वोच्चमा रिट लिएर गएका देवकोटालाई प्रदेश सभा सदस्यकै हैसियममा काम गर्न गर्न आदेश भएको थियो ।

    images
    images

    माओवादीले दल त्याग गरेको भन्दै पदमुक्त गर्न नमिल्ने भएकाले गण्डकी प्रदेश सभाको सदस्यको हैसियतमा कार्यरत रहन दिनू भनी अन्तरिम आदेश जारी गरेको थियो । दुई वा दुईभन्दा बढी दलहरु मिलेर एउटै चुनाव चिह्नबाट विजयी भए पनि एउटै संसदीय दल हुने र जसको धेरै सदस्य हुन्छन्, त्यसैको दल बन्ने कानुनी व्यवस्थाअनुसार देवकोटा माओवादी संसदीय दलको सदस्य थिए ।

    सर्वोच्चले देवकोटा आवद्ध नभएको राजनीतिक दल माओवादीबाट दल त्याग गरेको भनी निष्कासन गर्न पाउने अधिकार संवैधानिक र कानुनी व्यवस्थाले नदेखिएको बताएको थियो । चुनाव चिह्न माओवादीको भए पनि निर्वाचन आयोगबाट नेपाल समाजवादी पार्टीकै सांसदकै रुपमा राजपत्रमा प्रकाशित भएकाले उनलाई सम्बन्धित पार्टीले नै कारबाही गर्नुपर्ने सर्वोच्चको तर्क थियो ।

    सर्वोच्चबाट मुद्धा जितेर फर्के पनि बिहीबार सभामुख धितालले रिट अध्ययन गर्न नपाएको भन्दै प्रदेश सभा बैठकमा रोक लगाएका थिए । देवकोटालाई सोही दिन मन्त्री बनाउने तयारी मुख्यमन्त्री पाण्डेले गरेका थिए । देवकोटालाई आज साढे १० बजे मन्त्री नियुक्त गर्ने तयारी मुख्यमन्त्री पाण्डेको छ ।

    देवकोटाको नियुक्तिसँगै ४ सदस्य हुने मन्त्रपरिषदलाई बजेट पारित भएपछि मात्रै कांग्रेस र राप्रपालाई समेटेर पूर्णता दिने तयारी मुख्यमन्त्री पाण्डेले गरेका छन् ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend