images

२०८३ आश्विन १६ गते

images
images
images
  • बैंक वित्त
  • नेपाल एसबिआई बैंकको दोस्रो त्रैमासिकमा निष्क्रिय...

नेपाल एसबिआई बैंकको दोस्रो त्रैमासिकमा निष्क्रिय कर्जा घट्यो

नेपाल एसबिआई बैंकको दोस्रो त्रैमासिकमा निष्क्रिय कर्जा घट्यो

images
images
आइतवार, माघ १८ २०८२
आइतवार, माघ १८ २०८२
  • काठमाडौँ, १८ माघ । नेपाल एसबिआई बैंकले चालु आर्थिक वर्ष २०८२।८३ को दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार बैंकले १ अर्ब ३ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १४.५६ प्रतिशतले वृद्धि भएको हो।

    images
    images

    बैंकले यस अवधिमा आफ्नो कुल निष्क्रिय कर्जा (एनपीएल) ९१ आधार बिन्दुले घटाउँदै २०८२ पुस मसान्तमा २.६४ प्रतिशतमा सीमित गर्न सफल भएको छ। गत वर्षको सोही अवधिमा बैंकको निष्क्रिय कर्जा अनुपात ३.५५ प्रतिशत रहेको थियो।

    त्यसैगरी, बैंकको गैर–ब्याज आम्दानी उल्लेखनीय रूपमा बढेको छ। २०८१ पुसको अन्त्यमा ७५ करोड ६९ लाख रुपैयाँ रहेको गैर–ब्याज आम्दानी ४०.२६ प्रतिशतले वृद्धि हुँदै २०८२ पुसको अन्त्यमा १ अर्ब ६ करोड १६ लाख रुपैयाँ पुगेको छ।

    images
    images

    बैंकले आफ्नो पुँजी पर्याप्तता स्थिति पनि थप सुदृढ बनाएको छ। पुँजी पर्याप्तता अनुपात २०८१ पुसको अन्त्यमा रहेको १२.८७ प्रतिशतबाट वृद्धि भई २०८२ पुसको अन्त्यमा १४.१२ प्रतिशत पुगेको छ, जुन १२५ आधार बिन्दुको सुधार हो।

    साथै, बैंकले आफ्नो कोष लागत घटाउन समेत सफलता हासिल गरेको छ। २०८१ पुसको अन्त्यमा ५.५८ प्रतिशत रहेको कोष लागत २०८२ पुसको अन्त्यमा घटेर ४.२३ प्रतिशतमा झरेको छ, जुन गत वर्षको तुलनामा १३५ आधार बिन्दुले कम हो।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend