images

२०८३ आश्विन १७ गते

images
images
images

गोकर्ण फरेष्ट रिसोर्टले एक वर्षमा गर्‍यो ४५ करोड रुपैयाँ बढीको कारोबार

गोकर्ण फरेष्ट रिसोर्टले एक वर्षमा गर्‍यो ४५ करोड रुपैयाँ बढीको कारोबार

images
images
आइतवार, माघ १८ २०८२
आइतवार, माघ १८ २०८२
  • काठमाडौं । गोकर्ण फरेष्ट रिसोर्टले एकै वषए ४५ करोड रुपैयाँ बढीको कारोबार गरेको छ । कम्पनीले गत आर्थिक वर्षमा ४५ करोड २० लाख रुपैयाँको कारोबार गरेको हो ।सन् २०२४ मा ४१ करोड ९० लाख रुपैयाँको कारोबार गरेको कम्पनीले सन् २०२३ मा ४२ करोड रुपैयाँ, सन् २०२२ मा ३३ करोड ९० लाख रुपैयाँ र सन् २०२१ मा १२ करोड ७० लाख रुपैयाँको कारोबार गरेको थियो ।

    images
    images

    कम्पनीकाअनुसार सन् २०२४ को तुलनामा सन् २०२५ मा ९ प्रतिशतले कारोबार बढेको छ । कम्पनीले विगत तीन वर्षदेखि लागातार १० प्रतिशतले कारोबार वृद्धि गरेको जनाएको छ । रिसोर्ट गत आवमा ४५ प्रतिहत अकुपेन्सी क्षमतामा सञ्चालन भएको थियो ।सन् १९९५ मा स्थापना भएको कम्पनीले एक सय काठोको सुविधाका साथ बुटिक रिसोर्ट सञ्चालन गर्दै आएको छ । रिसोर्ट ४ सय ७० हेक्टर क्षेत्रफलमा फैलिएको छ ।

    गोकर्णले गल्फ सर्भिस, हर्स राइड, फरेष्ट वाल्कजस्ता सेवा दिँदै आएको छ । यति ग्रुपद्वारा सञ्चालित यस कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि ७३ करोड ५० लाख रुपैयाँको रेटिङ गराएको छ । कम्पनीले दीर्घकालीन कर्जाका लागि ६६ करोड ५० लाख रुपैयाँ र अल्पकालीन कर्जाका लागि ७ करोड रुपैयाँको रेटिङ गराएको हो ।कम्पनीले रिसोर्टमा लगानी थप गरी गोकर्ण रिसोर्ट इन्टरनेशनल सेन्टर निर्माण गरिरहेको छ । उक्त सेन्टरको हालसम्ममा ५२ प्रतिशत निर्माण का सम्पन्न भइसकेको छ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend