images

२०८३ आश्विन १७ गते

images
images
images
  • अर्थतन्त्र
  • कोइलावास भन्सार कार्यालय : लक्ष्यअनुसार राजस्व...

कोइलावास भन्सार कार्यालय : लक्ष्यअनुसार राजस्व संकलन भएन

कोइलावास भन्सार कार्यालय : लक्ष्यअनुसार राजस्व संकलन भएन

images
images
आइतवार, माघ १८ २०८२
आइतवार, माघ १८ २०८२
  • कोइलावास भन्सार कार्यालयले चालु आर्थिक वर्षको छ महिनामा लक्ष्यअनुसार राजस्व संकलन गर्न असफल भएको छ। आव २०८२/८३ को छ महिनामा लक्ष्यअनुसार राजस्व संकलन गर्न असफल भएको हो।  दाङको एकमात्र भन्सार नाका कोइलावास भन्सारले लक्ष्यभन्दा रु आठ लाख ७३ हजार ६३८ कम राजस्व संकलन गरेको छ। भन्सार कार्यालयले छ महिनासम्म रु ८४ लाख ९७ हजार राजस्व संकलन गर्ने लक्ष्य लिएको थियो। पुस मसान्तसम्म ७६ लाख २३ हजार ३६२ संकलन भएको कोइलावास भन्सार प्रमुख लोकबहादुर विष्टले जानकारी दिए। जुन लक्ष्यको ८९.७२३ प्रतिशत हो।  

    images
    images

    कार्यालयले साउनमा रु १३ लाख ५८ हजार राजस्व उठाउने लक्ष्य लिएकामा रु नौ लाख ९० हजार ९७४ संकलन गरेको छ। यसैगरी भदौमा रु १४ लाख ९८ हजार संकलन गर्ने लक्ष्य लिएकामा रु छ लाख ६८ हजार ६४९ राजस्व संकलन भएको छ। असोजमा रु १४ लाख १७ हजार राजस्व संकलन गर्ने लक्ष्य लिएकामा रु आठ लाख चार हजार ५५१ संकलन भएको छ। त्यसैगरी, कात्तिकमा रु १५ लाख एक हजार संकलन गर्ने लक्ष्य लिएकामा रु नौ लाख ६३ हजार ८३० संकलन भएको छ।  मङ्सिर महिनामा रु १३ लाख ८३ हजार राजस्व संकलन गर्ने लक्ष्य लिएकामा रु आठ लाख ८६ हजार २९५ संकलन भएको छ। पुसमा रु १३ लाख ४० हजार संकलन गर्ने लक्ष्य लिएकामा रु ३३ लाख नौ हजार ६३ संकलन भएको छ। पुसमा भारतीय पर्यटकको नेपाल आगमन बढी भएकाले राजस्व संकलनमा वृद्धि भएको भन्सार कार्यालयले जनाएको छ।  दाङ, रोल्पा, प्युठानका लागि पैठारी हुने व्यापारिक सामान कोइलावास नाकाबाट भित्रिएको देखिँदैन। व्यापारीका लागि सबैभन्दा छोटो नाका परे पनि आकर्षण देखिएको छैन। सहज सडक सञ्जाल भए पनि यसलाई सञ्चालनका लागि सरकारी निकायबाट प्रभावकारी प्रयास भएको पाइँदैन। 

    निजी क्षेत्रले केही प्रयास थाले पनि यसले सार्थकता पाउन सकेको छैन। हरेक निर्वाचनको समयमा भने कोइलावास भन्सारले चर्चा पाउने गरेको छ। अहिले पनि उम्मेदवारहरूले कोइलावास भन्सारको विषयलाई उठाउन थालेका छन्। कोइलावास नाकालाई सञ्चालन गरी दाङको विकासमा टेवा पुर्याउने भन्दै आश्वासन दिन थालेका हुन्।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend