images

२०८३ आश्विन १८ गते

images
images
images

आलु बिक्री गर्न बजारको समस्या छैन’

आलु बिक्री गर्न बजारको समस्या छैन’

images
images
शनिवार, माघ १७ २०८२
शनिवार, माघ १७ २०८२
  • मन्थली (रामेछाप),  १७ माघ । सुनकोशी गाँउपालिका–३ स्थित झाङङ्गाझोली, बोहोरेटार र गणेश स्थान क्षेत्रका फाँटमा लगाइएको आलु भित्र्याउन र पुनः रोप्न यहाँका किसानलाई भ्याइनभ्याइ परेको छ ।

    images
    images

    रामेछापको खाडादेवी गाँउपालिकाको  सिमानामा रहेको सुनकाशी नदी पारी पर्ने सिन्धुली जिल्लास्थित ती फाँटका किसान बर्खे धान भित्र्याएर  कार्तिक र मङ्सिर महिनामा लगाएको दुई महिने आलु हिजोआज खन्ने र पुनः रोप्न व्यस्त भएका हुन् । स्थानीयवासी ठेटराज चौलागाइँ हाल आलु लागाइएको फाँटबाटै प्रतिकिलो २० देखि २५ रुपैयासम्ममा बिक्री गर्ने गरेको बताउछन। 

    यी फाँटहरु विपी राजमार्ग क्षेत्रभित्र पर्ने भएकोले किसानले उत्पादन गरेको आलुको बजारको समस्या नभएपछि यहाँका किसनले गत वर्षदेखिनै ब्यवसायिक  रूपमा आलु खेती गर्दै आइरहेका छन् । आलु खेती नगर्दा यसअघि दुईदेखि तीन बालि मात्र हुने गरको भएपनि दुई पटक आलु रोप्ने र भित्र्याउने गर्दा वर्षमा चार बली यहाँका कृषकले भित्र्याउने गरेको स्थानीय दुर्गाप्रसाद आचार्य बताउछन  ।

    images
    images

    गाँउपालिकाले यस क्षेत्रलाई आलु जोनका रूपमा विकास गर्दै विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको  सुनकोशी गाँउपालिकाका उपाध्यक्ष कपिल कोइरालाले  जानकारी दिए ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend