images

२०८३ आश्विन १७ गते

images
images
images

निर्वाचनका लागि १९ अर्बभन्दा बढी बजेट स्वीकृत

निर्वाचनका लागि १९ अर्बभन्दा बढी बजेट स्वीकृत

images
images
शुक्रवार, माघ १६ २०८२
शुक्रवार, माघ १६ २०८२
  • काठमाडौं । फागुन २१ गते हुने निर्वाचनका लागि सरकारले हालसम्म १९ अर्ब १५ करोड रुपैयाँ बराबरको बजेट स्रोत सहमति दिएको छ। तर यो रकममध्ये करिब ६ अर्ब ३६ करोड रुपैयाँ मात्रै निकासा भएको देखिन्छ ।अर्थ मन्त्रालयका अनुसार सबैभन्दा धेरै बजेट निर्वाचन आयोगका लागि छुट्याइएको छ। आयोगलाई हालसम्म ६ अर्ब ७३ करोडभन्दा बढी स्रोत सहमति दिइएको भए पनि करिब ६ अर्ब ३१ करोड रुपैयाँ मात्रै खर्चका लागि निकासा भएको छ।सुरक्षा व्यवस्थाका लागि पनि ठूलो बजेट छुट्याइएको छ। गृह मन्त्रालय र मातहतका निकायका लागि १० अर्ब ३९ करोड रुपैयाँ स्रोत सहमति दिइएको छ। यसमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र अन्य सुरक्षा खर्च समेटिएका छन्।

    images
    images

    नेपाली सेनाका लागि उपकरण खरिद र अन्य व्यवस्थापनमा करिब २ अर्ब रुपैयाँभन्दा बढी स्रोत सहमति दिइएको छ। राष्ट्रिय अनुसन्धान विभागका लागि पनि छुट्टै बजेट व्यवस्था गरिएको छ।कुल बजेटको ठूलो हिस्सा अझै निकासा हुन बाँकी रहँदा निर्वाचन नजिकिँदै जाँदा खर्चको गति बढ्ने अनुमान गरिएको छ। बजेट सही समयमा र सही ठाउँमा खर्च हुन्छ कि हुँदैन भन्ने चासो भने बढ्दै गएको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend