images

२०८३ आश्विन १६ गते

images
images
images
  • शेयर
  • नेप्सेमा १७.५३ अंकको गिरावट, १४ अर्ब...

नेप्सेमा १७.५३ अंकको गिरावट, १४ अर्ब ५६ करोड माथिको कारोबार

नेप्सेमा १७.५३ अंकको गिरावट, १४ अर्ब ५६ करोड माथिको कारोबार

images
images
बिहिवार, माघ १५ २०८२
बिहिवार, माघ १५ २०८२
  • काठमाडौं- साताको पाँचौ कारोबार दिन नेप्से परिसूचक १७.५३ अंकले घटेर २७१४.०५ को विन्दुमा कायम भएको छ ।आज दिनभरिमा ३२० कम्पनीको ३ करोड ५४ लाख ७७ हजार ९३९ कित्ता सेयर किनबेच हुँदा १४ अर्ब ५६ करोड ३१ लाखको सेयर कारोबार भएको छ । आज ८५ कम्पनीको सेयर मूल्य बढ्दा १७० कम्पनीको सेयर मूल्य घटेको छ भने ५ कम्पनीको मूल्य स्थिर रहेको छ । ङादी ग्रुपको सर्वाधिक ५९ करोड ९९ लाख रुपैयाँको कारोबार भएको छ । दोस्रोमा एसवाई प्यानलको ५२ करोड २९ लाख रुपैयाँ र तेस्रोमा युनाइटेड मोदी हाइड्रोपावरको ४६ करोड ४६ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

    images
    images

    यसदिन हिमाल दोलखा हाइड्रोपावरका लगानीकर्ताले सर्वाधिक ९.२३ प्रतिशतका दरले कमाएका छन् । यस्तै, शिवश्री हाइड्रोपावरका लगानीकर्ताले ९.१९ प्रतिशतका दरले कमाएका छन् ।आज तीन कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । आज कर्पोरेट डेभलपमेन्ट बैंक, मिथिला लघुवित्त र सप्तकोशी डेभलपमेन्ट बैंकका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका हुन् ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend