images

२०८३ आश्विन १७ गते

images
images
images

अष्ट्रेलियाको मुद्रास्फीति ३.८ प्रतिशत पुग्यो

अष्ट्रेलियाको मुद्रास्फीति ३.८ प्रतिशत पुग्यो

images
images
बिहिवार, माघ १५ २०८२
बिहिवार, माघ १५ २०८२
  • काठमाडौँ । बुधवार सार्वजनिक गरिएको आधिकारिक तथ्याङ्कअनुसार अष्ट्रेलियाको वार्षिक मुद्रास्फीति दर डिसेम्बरमा बढेर ३.८ प्रतिशत पुगेको छ । जसले अर्थशास्त्रीहरूको अपेक्षालाई उछिनेको छ । अष्ट्रेलियन ब्यूरो अफ स्ट्याटिस्टिक्सको तथ्याङ्कले उपभोक्ता मूल्य सूचकाङ्क नोभेम्बरसम्मको १२ महिनामा ३.४ प्रतिशत रहेकोमा डिसेम्बरमा बढेर ३.८ प्रतिशत पुगेको देखाएको छ ।त्रैमासिक आधारमा सन् २०२५ को अन्तिम तीन महिनामा ऋएक्ष् ०.६ प्रतिशतले बढेको छ । अष्ट्रेलियन ब्रोडकास्टिङ कर्पोरेसनले यसअघि अर्थशास्त्रीहरूले डिसेम्बर त्रैमासिकका लागि ०.७ प्रतिशत र वार्षिक ३.५ प्रतिशतको वृद्धिको अपेक्षा गरेको रिपोर्ट गरेको थियो ।

    images
    images

    बुधवारको मुद्रास्फीति तथ्याङ्कले आगामी मङ्गलवार सन् २०२६ को पहिलो मौद्रिक नीति बैठकमा रिजर्भ बैंक अफ अष्ट्रेलियाले ब्याजदर बढाउने वा नबढाउने भन्ने निर्णय गर्ने अपेक्षा गरिएको छ । मुद्रास्फीति डिसेम्बरसम्मको १२ महिनामा ३.३ प्रतिशतले बढेको छ । जुन नोभेम्बरमा ३.२ प्रतिशत थियो र केन्द्रीय बैंकको २–३ प्रतिशतको लक्ष्य भन्दा माथि छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend