images

२०८३ आश्विन १६ गते

images
images
images
  • शेयर
  • नेप्सेमा सामान्य अंकको वृद्धि, ११ अर्ब...

नेप्सेमा सामान्य अंकको वृद्धि, ११ अर्ब ४९ करोड माथिको कारोबार

नेप्सेमा सामान्य अंकको वृद्धि, ११ अर्ब ४९ करोड माथिको कारोबार

images
images
बुधवार, माघ १४ २०८२
बुधवार, माघ १४ २०८२
  • काठमाडौं। साताको तेस्रो कारोबार दिन नेप्से परिसूचक ५.३८ अंकले बढेर २७३१.८९ को विन्दुमा कायम भएको छ ।आज दिनभरिमा ३३४ कम्पनीको २ करोड ३६ लाख १८ हजार १८६ कित्ता सेयर किनबेच हुँदा ११ अर्ब ४९ करोड ३९ लाखको सेयर कारोबार भएको छ । आज १४१ कम्पनीको सेयर मूल्य बढ्दा ११२ कम्पनीको सेयर मूल्य घटेको छ भने ७ कम्पनीको मूल्य स्थिर रहेको छ ।आज अंखु खोला जलविद्युतको सर्वाधिक ८३ करोड ५७ लाख रुपैयाँको कारोबार भएको छ । दोस्रोमा राधी विद्युतको ५४ करोड ३६ लाख रुपैयाँ र तेस्रोमा एसवाई प्यानलको ४९ करोड ८८ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

    images
    images

    यसदिन २ कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । आज कर्पोरेट डेभलपमेन्ट बैंक र अंखु खोला जलविद्युतका लगानीकर्ताले १० प्रतिशतका दरले  कमाएका हुन् । यस्तै, मिथिला लघुवित्तका लगानीकर्ताले ९.५१ र पिपुल्स पावरका लगानीकर्ताले ९.२२ प्रतिशतका दरले कमाएका छन् ।गुडविल फाइनान्स डिबेञ्चरका इकाईधनीले आज सर्वाधिक ८.०७ प्रतिशतका दरले गुमाएका छन् ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend