images

२०८३ आश्विन १७ गते

images
images
images

६ महिनामा सरकारले तिऱ्यो विगतको एक खर्ब ५२ अर्ब ऋण, कति लियो?

६ महिनामा सरकारले तिऱ्यो विगतको एक खर्ब ५२ अर्ब ऋण, कति लियो?

images
images
मंगलवार, माघ १३ २०८२
मंगलवार, माघ १३ २०८२
  • सरकारले चालु आर्थिक वर्षको ६ महिनामा एक खर्ब ५२ अर्ब रूपैयाँको सावाँँ फिर्ता गरेको छ।त्यस्तै, यही समयमा ३४ अर्ब २३ करोड रूपैयाँको ब्याज तिरेको छ। सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार यही समयमा २ खर्ब १४ अर्ब रूपैयाँ बराबरको ऋण उठाएको छ।प्राप्ति गरेको ऋणको तुलनामा ६२ अर्ब ऋण थपिएको हो। अर्ब रूपैयाँले बढेको छ। २०८२ असार मसान्तसम्म २६ खर्ब ७४ अर्ब रूपैयाँ रहेको यस्तो ऋण पुस मसान्तमा आइपुग्दा २८ खर्ब ६अर्ब पुगेको छ।यो समयसम्म १३ खर्ब १९ अर्ब आन्तरिक ऋण र १४ खर्ब ८७ अर्ब बाह्यो ऋण पुगेको छ। 

    images
    images

    देशको कुल अर्थतन्त्रसँग तुलना गर्ने हो भने सरकारले तिर्ने ऋणको अनुपात ४६ प्रतिशत पुगेको हो।सरकारले अधिकांश बाह्य ऋण एक प्रतिशत तल (सहुलियत ऋण) ब्याजदरमा प्राप्त गरेको छ। तर, अन्तर्राष्ट्रिय मुद्रासँग नेपाली मुद्रा कमजोर भएको कारण ऋणको भार भने निरन्तर बढेको छ।सरकारले लिएको वास्तविक ऋणभन्दा दुई गुणा बढी विनिमय दर घाटा देखिएको छ।नेपालले ठूलो मात्रामा अमेरिकी डलर र स्पेसल ड्रइङ राइट (एसडिआर) मा ऋण लिएको छ।डलर र एसडिआर दुवैको मूल्य बढेका कारण यस्तो दायित्व बढी थपिएको हो।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend