images

२०८३ आश्विन १८ गते

images
images
images
  • शेयर
  • नेपाल पुनर्बीमा कम्पनीको २१ लाख ७१...

नेपाल पुनर्बीमा कम्पनीको २१ लाख ७१ हजार कित्ता संस्थापक शेयर बिक्रीमा

नेपाल पुनर्बीमा कम्पनीको २१ लाख ७१ हजार कित्ता संस्थापक शेयर बिक्रीमा

images
images
मंगलवार, माघ १३ २०८२
मंगलवार, माघ १३ २०८२
  • काठमाडौँ । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडको संस्थापक समूह अन्तर्गतको २१ लाख ७१ हजार ९३५ कित्ता शेयर लिलाम बिक्रीमा राखिएको छ । उक्त शेयर यूनाइटेड अजोड इन्स्योरेन्स कम्पनीको स्वामित्वमा रहेको हो ।कम्पनीका अनुसार शेयर सिलबन्दी बोलपत्र प्रक्रियामार्फत बिक्री गरिनेछ । लिलामका लागि न्यूनतम बोलकबोल मूल्य प्रतिकित्ता ४०० रुपैयाँ तोकिएको छ भने न्यूनतम १ लाख कित्ताका लागि आवेदन दिनुपर्ने व्यवस्था गरिएको छ ।लिलाम प्रक्रियामा नेपाल पुनर्बीमा कम्पनीका संस्थापक शेयरधनीसहित प्रचलित कानुनबमोजिम योग्य व्यक्ति, फर्म, कम्पनी तथा संस्थाहरूले सहभागिता जनाउन सक्नेछन् ।

    images
    images

    इच्छुक लगानीकर्ताले आवश्यक कागजातसहित तोकिएको समयसीमाभित्र नबिल इन्भेस्टमेन्ट बैंकिङ लिमिटेड, नक्साल, काठमाडौँमा सिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ ।तोकिएका सर्त तथा प्रक्रिया पूरा नगरेका बोलपत्रहरू स्वतः अमान्य हुने जनाइएको छ । लिलाम प्रक्रियासम्बन्धी सम्पूर्ण अधिकार प्रचलित कानुनअनुसार बिक्री प्रबन्धकमा निहित रहने कम्पनीले जनाएको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend