images

२०८३ आश्विन १८ गते

images
images
images
  • समाचार
  • पिपुल्स हाइड्रोपावरले अपर हेवाखोलाको ५ लाख...

पिपुल्स हाइड्रोपावरले अपर हेवाखोलाको ५ लाख कित्ता सेयर बिक्री गर्ने

पिपुल्स हाइड्रोपावरले अपर हेवाखोलाको ५ लाख कित्ता सेयर बिक्री गर्ने

images
images
मंगलवार, माघ १३ २०८२
मंगलवार, माघ १३ २०८२
  • काठमाडौं- पिपुल्स हाइड्रोपावर कम्पनी लिमिटेडले आफ्नो स्वामित्वमा रहेको अपर हेवाखोला हाइड्रोपावर कम्पनी लिमिटेडको पाँच लाख कित्ता सेयर बजारमार्फत बिक्री गर्ने योजना सार्वजनिक गरेको छ।कम्पनीले जारी गरेको सूचनामा सो सेयर नियमित दोस्रो बजार प्रणालीमार्फत कारोबार गरिने उल्लेख गरिएको छ।

    images
    images

    कम्पनी व्यवस्थापनका अनुसार तत्काल वित्तीय आवश्यकताका कारण उक्त लगानीको अंश घटाउने निर्णय लिइएको हो। स्वामित्वमा रहेको सेयर बिक्रीबाट प्राप्त हुने रकम कम्पनीको नगद प्रवाह सुदृढ बनाउन प्रयोग गरिने जनाइएको छ।सेयर कारोबारको प्रक्रिया अघि बढाउँदा बजारको चाल, मूल्य अवस्था तथा समग्र लगानी वातावरणलाई ध्यानमा राखिने कम्पनीले जानकारी दिएको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend