images

२०८३ आश्विन १८ गते

images
images
images
  • समाचार
  • राष्ट्रिय झन्डा प्रयोगबारे कांग्रेसको परिपत्र :...

राष्ट्रिय झन्डा प्रयोगबारे कांग्रेसको परिपत्र : पाखुरा, कम्मर या घाँटीमा बेर्दा अपमान हुन्छ, नगर्नू

राष्ट्रिय झन्डा प्रयोगबारे कांग्रेसको परिपत्र : पाखुरा, कम्मर या घाँटीमा बेर्दा अपमान हुन्छ, नगर्नू

images
images
मंगलवार, माघ १३ २०८२
मंगलवार, माघ १३ २०८२
  • काठमाडौँ । नेपाली कांग्रेसले राष्ट्रिय झन्डा प्रयोगबारे मातहतका समितिलाई पाँच बुँदे परिपत्र गरेको छ । उपसभापति विश्वप्रकाश शर्माले पार्टीका प्रदेश कार्यसमिति, जिल्ला कार्यसमिति, प्रतिनिधिसभा, प्रदेशसभा क्षेत्रीय समितिसहितका पार्टीका निकायलाई सोमबार परिपत्र गरेको पार्टी केन्द्रीय कार्यालयले जानकारी दिएको छ । गृह मन्त्रालयले आइतबार विज्ञप्ति निकाल्दै राष्ट्रिय झन्डाको प्रयोगबारे ध्यानाकर्षण भएको जनाउँदै अनुचित कार्यमा प्रयोग गरिएको पाइएमा कारबाही गर्ने उल्लेख गरेपछि कांग्रेसले पार्टी निकायमा परिपत्र गरेको हो । परिपत्रमा उपसभापति शर्माले राष्ट्रिय झन्डा निर्वाचन आचारसंहितामा उल्लेख भए बमोजिम निर्वाचन प्रचार प्रसार अभियानमा १० वटासम्म मात्रै प्रयोग गर्न भनेका छन् ।

    images
    images

    परिपत्रमा पाखुरा, कम्मर र घाटीमा झन्डा नबेर्न निर्देशन दिइएको छ । निर्देशनको बुँदा नम्बर ४ मा लेखिएको छ, ‘उम्मेदवार या प्रचारक कसैको पनि पाखुरा, कम्मर  या घाँटीमा ज्याकेट या मफलर जस्तो बनाएर झन्डा बेर्ने कार्यले झन्डाको सम्मान होइन अपमान हुन्छ, यस्तो विल्कुलै नगर्ने/गर्न नदिने ।’कार्यक्रम स्थलमा, प्रचार कार्यालयमा या कुनै सवारी साधनमा राष्ट्रिय झन्डा फहराउँदा पार्टीको झन्डा र चुनाव चिन्ह भन्दा माथि फहराउन र कोही पनि व्यक्तिको शरीरमा झन्डा ओढाउने कार्य निर्वाचन आचारसंहिता सम्मान र संस्कार दुवै दृष्टिले गलत हुने भन्दै त्यसो नगर्न निर्देशन दिइएको छ ।

    यस्ता छन् परिपत्रमा शर्माले उल्लेख गरेका बुँदा : 

    images
    images

    १, आचारसंहितामा उल्लेख गरिए बमोजिम १० वटासम्म मात्रै राष्ट्रिय झन्डा चुनाव प्रचार अभियानमा प्रयोग गर्ने ।

    २, राष्ट्रिय झन्डालाई व्यक्तिको शिर भन्दा माथि हुने गरी सम्मानपूर्वक फहराउने ।

    (झन्डा झुकाउने प्रचलन, मृत्युपछिको शोकमा मात्रै हुन्छ भन्ने तथ्य हामीले हेक्का राख्न जरुरी छ)

    ३, उम्मेदवार या प्रचारक कोही पनि व्यक्तिको शरीरमा झन्डा ओढाउने कार्य निर्वाचन आचारसंहिता अनि सम्मान र संस्कार दुवै दृष्टिले गलत हुन्छ । त्यस्तो विल्कुलै नगर्ने/गर्न नदिने । (राष्ट्रिय सम्मानका साथ कसैको शव यात्रा गरिँदा या चितामा दागबत्ती दिनुअघि मृत व्यक्तिको शरीरमा झन्डा ओढाउने प्रचलन हुन्छ, त्यसको हेक्का राख्न जरुरी छ)

    ४, उम्मेदवार या प्रचारक कसैको पनि पाखुरा, कम्मर  या घाँटीमा ज्याकेट या मफलर जस्तो बनाएर झन्डा बेर्ने कार्यले झन्डाको सम्मान होइन अपमान हुन्छ, यस्तो विल्कुलै नगर्ने/गर्न नदिने ।

    ५, कार्यक्रम स्थलमा, प्रचार कार्यालयमा या कुनै सवारी साधनमा राष्ट्रिय झन्डा फहराउँदा पार्टीको झन्डा र चुनाव चिन्ह भन्दा माथि फहराउने ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend