नेपालमा पछिल्ला वर्षहरूमा निराशाजनक देखिँदै आएको प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई)चालु आर्थिक वर्षको पहिलो ६ महिनामा भने उत्साहजनक देखिएको छ ।चालु आर्थिक वर्ष २०८२।८३ को पहिलो ६ महिना पुससम्म करिब सवा ३९ अर्ब रुपैयाँबराबरको वैदेशिक प्रत्यक्ष लगानी (एफडीआई) प्रतिबद्धता प्राप्त भएको छ। उद्योग विभागका अनुसार चालु आर्थिक वर्षको दोस्रो त्रैमास (साउन–पुस)सम्म ४७५ वटा उद्योगका लागि ३९ अर्ब २३ करोड ६१ लाखबराबरको वैदेशिक लगानी प्रतिबद्धता आएको हो। यी प्रतिबद्धता ७ वटा ठूला, ८ वटा मध्यम र ४६० वटा साना उद्योगका लागि प्राप्त भएको छ।
गत पुसमा मात्र ३६ वटा साना उद्योगका लागि ५९ करोड ९५ लाख रुपैयाँ वैदेशिक लगानी प्रतिबद्धता आएको विभागले जनाएको छ। चालु आर्थिक वर्षको पुससम्म वैदेशिक लगानी प्रतिबद्धता प्राप्त ती उद्योगबाट २० हजार १२२ जनाले रोजगारी पाउने अनुमान गरिएको छ।




.gif)



