images

२०८३ आश्विन १५ गते

images
images
images
  • बैंक वित्त
  • राष्ट्रिय वाणिज्य बैंकद्वारा ‘आरबीबी फोनलोन’ सेवा...

राष्ट्रिय वाणिज्य बैंकद्वारा ‘आरबीबी फोनलोन’ सेवा आरबीबी डिजिटल संसार एपमार्फत सुरु

राष्ट्रिय वाणिज्य बैंकद्वारा ‘आरबीबी फोनलोन’ सेवा आरबीबी डिजिटल संसार एपमार्फत सुरु

images
images
आइतवार, माघ ११ २०८२
आइतवार, माघ ११ २०८२
  • काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको ६१औँ वार्षिकोत्सवको अवसरमा बैंकले वित्तीय समावेशीकरण र डिजिटल बैंकिङ सेवाको विस्तारलाई निरन्तरता दिँदै आरबीबी डिजिटल संसार मोबाइल बैंकिङ एपमार्फत ‘आरबीबी फोनलोन’ नामक नयाँ डिजिटल ऋण सेवा सुरु गरेको छ ।बैंकका अनुसार यो डिजिटल कर्जा सेवा एफ१ सफ्ट ग्रुप अन्तर्गतको फोनलोन प्राइभेट लिमिटेडद्वारा प्रदान गरिएको छ, जसले पूर्ण रूपमा डिजिटल, छिटो र सहज कर्जा वितरण सुनिश्चित गर्दछ ।

    images
    images

    यस सेवामार्फत बैंकमा तलब बचत खाता रहेका योग्य ग्राहकले हाललाई एक लाख रुपैयाँसम्मको ऋण कुनै धितो, कागजी प्रक्रिया वा बैंक शाखा भ्रमण नगरी सिधै मोबाइल एपमार्फत तुरुन्तै प्राप्त गर्न सक्नेछन् ।  बैंकका अनुसार ऋणको सीमा तथा योग्यता बैंकले तोकेका मापदण्डअनुसार निर्धारण गरिनेछ, जसमा तलब जम्मा कारोबारको नियमितता, हालसालैका ऋण दायित्व तथा ऋण चुक्ता गर्ने व्यवहार समावेश छन् । ग्राहकहरूले एक महिनाको अवधिमा वा १२ महिनासम्म किस्ताबन्दी मार्फत ऋण चुक्ता गर्ने विकल्प रोज्न सक्नेछन् ।

    बैंकबाट मोबाइल बैंकिङ सेवा लिइरहेका ग्राहकहरूले यस एपमार्फत प्रमाणित इमेल ठेगाना प्रदान गरी सेवा दर्ता गर्न सक्नेछन् । योग्य ग्राहकहरूले यस एपको ड्यासबोर्डबाटै ऋण आवेदन दिन सक्नेछन् र स्वीकृतिपछि सेवा उपभोग गर्न सक्नेछन् ।उक्त सेवा बैंकको ६१औँ वार्षिकोत्सव समारोहका अवसरमा नेपाल सरकारका अर्थमन्त्री रामेश्वर प्रसाद खनालले शुभारम्भ गरेका हुन् । यस कर्जा सेवाका बारेमा उपभोक्ता बैंकिङ विभागका विभागीय प्रमुख भोलानाथ पौड्यालले भने, ‘आरबीबी फोनलोन सेवामार्फत ग्राहकहरूलाई सुरक्षित, सहज र पूर्ण रूपमा डिजिटल ऋण समाधान उपलब्ध गराउने हाम्रो उद्देश्य हो

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend