images

२०८३ आश्विन २० गते

images
images
images
  • समाचार
  • भारी हिमपातले अमेरिकामा १४ हजार उडान...

भारी हिमपातले अमेरिकामा १४ हजार उडान रद्ध, १७ राज्यमा आँधीको चेतावनी

भारी हिमपातले अमेरिकामा १४ हजार उडान रद्ध, १७ राज्यमा आँधीको चेतावनी

images
images
आइतवार, माघ ११ २०८२
आइतवार, माघ ११ २०८२
  • काठमाडौं । संयुक्त राज्य अमेरिकामा एक सातादेखि तीव्र बन्दै गएको भिषण हिमपातका कारण १४ हजारभन्दा बढी उडान रद्ध भएका छन् ।१४ हजार ८ सयभन्दा बढी उडान रद्द भएका छन् भने दशवटा राज्यमा आपतकाल घोषणा गरिएको छ ।हिमपातका कारण खतरनाक सडक अवस्था सिर्जना भएसँगै विभिन्न राजमार्गहरू बन्द गरिएका छन् । फ्लाइटअवेयरको तथ्यांक उद्धृत गर्दै सिएनएनले जनाएअनुसार अमेरिकी एयरलाइन्सका निर्धारित उडानमध्ये ४३ प्रतिशत र अटलान्टास्थित डेल्टा एयरलाइन्सका ३५ प्रतिशत उडान ग्राउन्ड गरिएका छन् ।शनिबार मात्रै डलास र चार्लोट केन्द्रित गरी ४ हजारभन्दा बढी उडान रद्द भएका थिए भने सोमबारसम्म न्यूयोर्क र बोस्टन क्षेत्रमा प्रभाव केन्द्रित हुँदै १ हजार ६ सयभन्दा बढी उडान रद्द भइसकेका छन् । 

    images
    images

    यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले टेनेसी, जर्जिया, नर्थ क्यारोलाइना, मेरील्यान्ड, अर्कान्सास, केन्टकी, लुइजियाना, मिसिसिपी, इन्डियाना र वेस्ट भर्जिनियासहित १० राज्यमा आपतकाल घोषणा गरेका छन् । उनले संघीय आपतकालीन व्यवस्थापन निकाय राज्यका गभर्नरहरू र आपतकालीन व्यवस्थापन टोलीहरूसँग समन्वय गरी नागरिकको सुरक्षामा काम भइरहेको बताएका छन् ।राष्ट्रिय मौसम सेवाका अनुसार हिमपात अमेरिकाको पूर्वी दुई–तिहाइ भूभाग ढाक्नेछ खालको छ । उत्तरी तथा केन्द्रीय मैदान क्षेत्रबाट उत्तरपूर्वसम्म शून्यभन्दा तलको तापक्रम फैलिने र खाडी तटसम्म हरेक रात हिमांकभन्दा तलको तापक्रम रहने पूर्वानुमान गरिएको छ । एनडब्लुएसले आगामी सातासम्म अत्यधिक चिसो मौसम कायम रहने चेतावनी दिँदै, हावासँगैको चिसोले हाइपोथर्मिया र फ्रस्टबाइटको जोखिम बढ्ने भएकाले ‘ज्यान जोखिममा पार्ने चिसो’बाट जोगिन तयारी गर्न आग्रह गरेको छ । साथै, मध्य–एटलान्टिक राज्य हुँदै उत्तरपूर्वी क्षेत्रमा आँधी फैलिने जनाएको छ ।

    भारी हिमपात र जम्ने वर्षाले अमेरिकाको पूर्वी भागका धेरै क्षेत्रमा ठूलो असर पार्ने अनुमान गरिएको छ । आँधी नजिकिँदै गर्दा गृह सुरक्षा विभागकी सचिव क्रिस्टी नोएमले सर्वसाधारणलाई अनावश्यक यात्रा नगर्न र आवश्यक सतर्कता अपनाउन आग्रह गरेकी छन् ।सिएनएनका अनुसार करिब १,३०० माइलसम्म फैलिएको यो विशाल शीतकालीन आँधीले टेक्सासदेखि न्यू इङ्ल्यान्डसम्म २,००० माइलभन्दा बढी क्षेत्रमा असर पार्नेछ । दक्षिणी क्षेत्रमा जम्ने बरफका कारण विद्युत् आपूर्ति अवरुद्ध भइरहेको छ भने केही स्थानमा गर्जन र चट्याङसहितको जम्ने वर्षा पनि देखिएको छ ।आँधीका कारण आधाभन्दा बढी अमेरिकी नागरिकले शून्यभन्दा तलको हावाको चिसो अनुभव गर्नेछ् । जसले हिम र बरफ लामो समयसम्म जमिरहने र विद्युत् नपुगेका क्षेत्रका बासिन्दा धेरै दिनसम्म कठ्यांग्रिने अवस्था आउने चेतावनी दिइएको छ । राष्ट्रिय मौसम सेवाले १७ भन्दा बढी राज्यमा शीतकालीन आँधीसम्बन्धी चेतावनी जारी गरिसकेको जनाएको छ । 

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend