images

२०८३ आश्विन १६ गते

images
images
images
  • बैंक वित्त
  • नेपाल एसबिआई बैंकद्वारा पशुपति बृद्धाश्रममा सामाजिक...

नेपाल एसबिआई बैंकद्वारा पशुपति बृद्धाश्रममा सामाजिक उत्तरदायित्व कार्यक्रम

नेपाल एसबिआई बैंकद्वारा पशुपति बृद्धाश्रममा सामाजिक उत्तरदायित्व कार्यक्रम

images
images
आइतवार, माघ ११ २०८२
आइतवार, माघ ११ २०८२
  • काठमाडौँ नेपाल एसबिआई बैंक लिमिटेडले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत काठमाडौंको पशुपति स्थित समाज कल्याण केन्द्र बृद्धाश्रममा सहयोग सामग्री वितरण गरेको छ । बैंकले आश्रममा रहेका ६४ जना बृद्धबृद्धाहरुलाई न्यानो कपडा, ब्ल्याङ्केट, तन्ना, क्लथ ड्रायर, इलेक्ट्रिक केटल, न्यानो चप्पल लगायत दैनिक जीवनमा अत्यावश्यक सामग्रीहरु प्रदान गरेको हो । पहलले आश्रममा रहेका बृद्धबृद्धाहरुको तत्काल आवश्यकता पूरा गर्नुका साथै उनीहरुको जीवनस्तरमा सकारात्मक योगदान पु¥याउने उद्देश्य लिएको बैंकले जनाएको छ । कार्यक्रमका क्रममा बैंकका प्रबन्ध संचालक तथा प्रमुख कार्यकारी अधिकृत रामकुमार तिवारीले समाज कल्याण केन्द्र बृद्धाश्रम, पशुपतिकी प्रमुख शशी पौडेललाई औपचारिक रुपमा सहयोग सामग्री हस्तान्तरण गर्नुभएको थियो ।

    images
    images

    र्यक्रममा पशुपति विकास कोषका सदस्य सचिव प्रकाशमणिशर्मा भूषाल, कोषाध्यक्ष श्रीधर सापकोटा, बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख सञ्चालन अधिकृत विकास आनन्द, प्रमुख वित्तीय अधिकृत राजेशकुमार पंडा, प्रमुख व्यवसाय प्रवद्र्धन अधिकृत प्रविण मुनि बज्राचार्य तथा बैंक र सम्बन्धित संस्थाका अन्य पदाधिकारीको उपस्थिति रहेको थियो ।नेपाल एसबिआई बैंकले समुदायस्तरमा यस्ता सामाजिक गतिविधिहरु निरन्तर रुपमा सञ्चालन गर्दै आएको छ। विगत ३२ वर्षदेखि बैंकिङ सेवा प्रदान गर्दै आइरहेको बैंकका हाल १०२ शाखा, २२ एक्स्टेन्सन काउन्टर, ७ प्रादेशिक कार्यालय, २१ शाखारहित बैंकिङ सेवा, १२७ एटिएम तथा १ कर्पोरेट कार्यालय सञ्चालनमा रहेका छन् ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend