images

२०८३ आश्विन १७ गते

images
images
images

सुनको मूल्य तीन लाख नाघ्यो, व्यापार व्यवसायमा उल्लेखनीय गिरावट

सुनको मूल्य तीन लाख नाघ्यो, व्यापार व्यवसायमा उल्लेखनीय गिरावट

images
images
आइतवार, माघ ११ २०८२
आइतवार, माघ ११ २०८२
  • काठमाडौँ, ११ माघ । नेपाली बजारमा सुनको मूल्य निरन्तर उकालो लागेपछि सुनचाँदी व्यवसाय प्रभावित बनेको छ। माघको पहिलो हप्तादेखि नै सुनको मूल्यले दैनिक नयाँ रेकर्ड कायम गर्दै आएको छ, जसका कारण व्यापार व्यवसायमा उल्लेखनीय गिरावट आएको व्यवसायीहरूले बताएका छन्।

    images
    images

    बुटवलस्थित श्री महालक्ष्मी सुनचाँदी पसलका सञ्चालक उमेश रसाइलीका अनुसार हाल सुनको व्यापार अत्यन्तै निराशाजनक अवस्थामा पुगेको छ। सुनको मूल्य अत्यधिक बढेकाले व्यापार सन्तोषजनक नभएको उनको भनाइ छ।

    “माघ ११ गते भइसक्यो, अहिलेसम्म खासै व्यापार हुन सकेको छैन,” रसाइलीले भने, “यही दरले सुनको भाउ बढ्दै जाने हो भने धेरै व्यवसायी विस्थापित हुने अवस्था आउन सक्छ। हप्तौँसम्म बिल काट्न त परै जाओस्, बोहनी समेत भएको छैन।”

    images
    images

    व्यापार नहुँदा सटर भाडा र मजदुरको ज्याला तिर्न समेत कठिन भइरहेको व्यवसायीहरूको गुनासो छ। सुनको मूल्य वृद्धिसँगै लाग्ने विलासिता करले उपभोक्ता र व्यापारी दुवै मारमा परेको रसाइलीको भनाइ छ।

    सरकारले सुनमा १० प्रतिशत भन्सार शुल्क लिने गरेको र त्यसमा थप विलासिता कर लाग्दा उपभोक्ताले मूल्य थेग्न नसक्ने अवस्था सिर्जना भएको उनले बताए।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शनिबार सुनको मूल्य ऐतिहासिक रेकर्ड कायम गर्दै प्रतितोला तीन लाख तीन हजार आठ सय रुपैयाँ पुगेको छ। शुक्रबार प्रतितोला सुनको मूल्य तीन लाख एक हजार चार सय रुपैयाँ थियो।

    महासंघका अध्यक्ष अर्जुन रसाइलीका अनुसार वैशाख–जेठसम्म सुनको मूल्य तीन लाख पुग्ने अनुमान गरिए पनि माघमै तीन लाख नाघ्दा व्यवसायीहरू अचम्मित भएका छन्।

    डलरको विनिमय दर बढ्नु, अन्तर्राष्ट्रिय बजारमा ठूलो मात्रामा सुनको खरिद–बिक्री हुनु तथा ठूला लगानीकर्ताहरूले सुनमै लगानी गर्न थालेकाले मूल्य बढेको उनले बताए।

    महासंघका अनुसार केही समय अझै सुनको मूल्य बढ्ने सम्भावना रहेको छ। अध्यक्ष रसाइलीले सुनको मूल्य साढे तीन लाख रुपैयाँसम्म पुग्न सक्ने अनुमान गर्दै अस्ट्रेलिया वा चीनमा सुन उत्खनन बढेमा वा अमेरिकाले आफ्नो विदेशी नीति परिवर्तन गरेमा मूल्य घट्न सक्ने बताए।

    दैनिक करिब २५ किलो सुन आयात हुने गरे पनि बजारमा दैनिक १५ किलो बिक्री गर्न समेत कठिन भइरहेको महासंघको भनाइ छ। बिक्री नहुँदा आयात गरिएको सुन बैंकमै थुप्रिने क्रम बढ्दै गएको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend