images

२०८३ आश्विन १७ गते

images
images
images

ऊर्जा रूपान्तरणमा पोर्चुगलको ठुलो कदम

ऊर्जा रूपान्तरणमा पोर्चुगलको ठुलो कदम

images
images
शनिवार, माघ १० २०८२
शनिवार, माघ १० २०८२
  • लिस्बन, १० माघ । पोर्चुगलको ऊर्जा कम्पनी गाल्पले आफ्नो नयाँ हरित हाइड्रोजन उत्पादन इकाई स्थापना पूरा गरेको छ । उक्त इकाई सिनेस रिफाइनरीमा निर्माण गरिएको हो, जुन लिस्बनको दक्षिणी तटमा रहेको ठूलो औद्योगिक क्षेत्र हो । यसमा १० वटा इलेक्ट्रोलाइसिस मोड्युल राखिएको छ, जसको कुल उत्पादन क्षमता १०० मेगावाट छ ।

    images
    images

    गाल्प कम्पनीले यस परियोजनाले पोर्चुगललाई युरोपको ऊर्जा रूपान्तरणमा मुख्य भूमिका निभाउन मद्दत गर्ने बताएको छ । यो इकाई यस वर्षको दोस्रो भागमा पूर्ण रूपमा सञ्चालनमा आउनेछ। यसले वार्षिक १५ हजार टन नवीकरणीय हाइड्रोजन उत्पादन गर्नेछ । यसले हाल प्रयोग भइरहेको ग्रे हाइड्रोजनको २० प्रतिशत प्रतिस्थापन गर्न सक्नेछ ।

    यस परियोजनाले वार्षिक एक लाख १० हजार टन कार्बन डाइअक्साइड (सीओटु) उत्सर्जन कम गर्न सहयोग पु¥याउने अपेक्षा गरिएको छ । यसरी पोर्चुगलले हरित ऊर्जा उत्पादन र वातावरण संरक्षणमा ठुलो कदम उठाएको छ ।(रासस–सिन्ह्वा)

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend