images

२०८३ आश्विन १६ गते

images
images
images
  • समाचार
  • पुल बनेसँगै हट्यो प्रहरीको चौबिस घण्टा...

पुल बनेसँगै हट्यो प्रहरीको चौबिस घण्टा पहरा

पुल बनेसँगै हट्यो प्रहरीको चौबिस घण्टा पहरा

images
images
शुक्रवार, माघ ९ २०८२
शुक्रवार, माघ ९ २०८२
  • नवलपुर, माघ ९ गते । नारायणघाट-बुटवल सडक खण्ड अन्तर्गत नवलपुरको चोरमारामा निर्माण गरिएको नयाँ पुल सञ्चालनमा आएको छ । बिहीबारदेखि नयाँ पुल सञ्चालनमा आएसँगै प्रहरीको चौबिस घण्टे ड्युटी पनि हटाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।साढे आठ महिनाअघि गत वैशाख ३० गते पुरानो पुल भाँचिएपछि त्यसैलाई मर्मत गरी गाडी सञ्चालन गरिएको थियो । एकै पटक धेरै भार बोकेका गाडी नियमन गर्न प्रहरीले चौबिसै घण्टा ड्युटी गर्ने गरेको थियो । नयाँ पुल सञ्चालनमा आएकाले प्रहरीको २४ घण्टे पहरा पनि हटाईएको जिल्ला प्रहरी कार्यालयका प्रमुख, प्रहरी उपरीक्षक युवराज खड्काले जानकारी दिनुभयो ।

    images
    images

    अब यो सडक खण्डमा आरुङ्खोलाबाहेक सडक विस्तार आयोजनाअन्तर्गत पूर्वी खण्डमा ३३ वटा पुल निर्माणको काम सकिएको छ। आयोजनाको पूर्वी खण्ड नवलपुरमा पर्ने ३३ वटा पुल निर्माणको काम सकिएको सडक विस्तार आयोजनाका सूचना अधिकारी शिव खनालले जानकारी दिनुभयो । गैँडाकोटदेखि दाउन्नेसम्मको पूर्वी खण्डमा ३४ वटा पुल निर्माण गर्नुपर्नेमा थियो । खण्डमा २५ मिटर लम्बाइसम्मका छोटा २२ वटा पुल र २५ मिटरभन्दा लामा १२ वटा पुल निर्माण गर्नुपर्नेमा एउटा आरुङ्खोलाको पुलमात्र निर्माणको काम बाँकी रहेको सूचना अधिकारी खनालको भनाइ छ। उक्त पुल निर्माणको कामलाई पनि तिब्रता दिईएको खनालले बताउनुभयो ।‘पुलहरू बनाउने काम लगभग अन्तिम चरणमा पुगेको छ, एउटा अरुणखोलाको पुलमा केही काम बाँकी छ, त्यो पनि चाँडै सकिन्छ’, सूचना अधिकारी खनालले भन्नुभयो । दाउन्ने खण्डमा केही कल्भर्टको काम बाँकी रहेकाले ती कल्भर्ट निर्माणसमेत अन्तिम चरणमा चलिरहेको आयोजनाले जनाएको छ ।

    आयोजनाका अनुसार नारायणघाट-बुटवल सडक विस्तार आयोजनाको हालसम्म भौतिक प्रगति ७६ प्रतिशत पुगेको छ। पूर्वी खण्डमा दाउन्नेबाहेकका क्षेत्रमा कालोपत्रको लगभग सबै काम सकिएकाले यात्रा सहज बनेको छ। दाउन्ने क्षेत्रमा भने अझै सडक ढलानको काम बाँकी रहेकाले यात्रा सहज हुन सकेको छैन।नारायणघाट-बुटवल सडक विस्तारको काम २०७५ माघ २४ गते सम्झौता भएर २०७९ साउन २२ गते सम्पन्न गर्नेगरी चाइना स्टेट कन्स्ट्रक्सन कर्पोरेसन प्रालिले काम सुरु गरेको थियो। यो सडकको कुल एक सय १३ किलोमिटरलाई दुई खण्डमा विभाजन गरी काम अघि बढाइएको थियो। निर्धारित समयमा काम नसकिएपछि चौथोपटक २०८३ असारसम्म म्याद थप गरिएको छ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend