images

२०८३ आश्विन १७ गते

images
images
images

६ महिनामै नेपालीले खाए डेढ अर्ब रुपैयाँको ३१ लाख किलो विदेशी चकलेट

६ महिनामै नेपालीले खाए डेढ अर्ब रुपैयाँको ३१ लाख किलो विदेशी चकलेट

images
images
बिहिवार, माघ ८ २०८२
बिहिवार, माघ ८ २०८२
  • काठमाडौं । नेपालीले ६ महिनाको अवधिमा डेढ अर्ब रुपैयाँ बराबरको विदेशी चकलेट उपभोग गरेका छन्।भन्सार विभागले बुधबार सार्वजनिक गरेको तथ्याङ्कअनुसार नेपालीले गत साउनदेखि पुससम्मको अवधिमा १ अर्ब ५५ करोड २६ लाख १४ हजार रुपैयाँ बराबरका विभिन्न विदेशी ब्रान्डका ३ हजार १ सय ६७ मेट्रिक टन (३१ लाख ६७ हजार किलो) चकलेट उपभोग गरेका छन् ।यसमध्ये १२ करोड ५५ लाख ७४ हजार रुपैयाँ बराबरको २ लाख ५४ हजार १ सय २८ किलो च्युइगम चकलेट नेपालीले उपभोग गरेका छन् ।भन्सारको तथ्यांकअनुसार पछिल्लो ६ महिनाको अवधिमा नेपालमा यो परिमाणमा सस्तोदेखि अति महँगो प्रकारका चकलेट भित्रिएका हुन् ।

    images
    images

    नेपालीले भारतसहित अस्ट्रेलिया, थाइल्याण्ड, चीन, युएई, युके, भियतनाम, फिलिपिन्स, मलेसिया, अमेरिका, इजरायल, फ्रान्स, टर्की, इटाली, पोल्याण्ड, स्विट्जरल्याण्ड लगायतका मुलुकबाट भित्रिएका विभिन्न प्रकार र स्वादका चकलेट उपभोग गर्दै आएका छन् ।नेपालमा भित्रिने चकलेटमध्ये झण्डै दुई तिहाइ परिमाण भारतबाट आयात हुँदै आएको छ भने एक चौथाइको हाराहारीमा चीन र बाँकी परिमाण विभिन्न मुलुकबाट आयात हुन्छ। च्युइगमको अधिकांश परिमाण भारतबाटै आयात हुँदै आएको छ।नेपालमा बाहिरबाट ठूलो परिमाणमा चकलेट आयात हुँदा केही झिनो परिमाणमा अन्य मुलुकमा निर्यात समेत भएको छ।नेपालमै उत्पादन भएको तथा नेपाल ट्रान्जिट रुट भएर विभिन्न मुलुकमा ५६ लाख ६७ हजार रुपैयाँ बराबरको १९ हजार ८ सय ९ किलो विभिन्न प्रकारका चकलेट निर्यात भएको छ।

    तथ्याङ्कअनुसार नेपालबाट सबैभन्दा बढी भारतमा ५० लाख ७९ हजार रुपैयाँ बराबरको १८ हजार ७ सय ७४ किलो चकलेट निर्यात भएको छ। बाँकी ५ लाख ८८ हजार रुपैयाँको १ हजार ३५ किलो चकलेट अस्ट्रेलिया, अमेरिका, कतार, जापान, कोरिया, डेनमार्क, फ्रान्स, इन्डोनेसिया लगायतका मुलुकमा निर्यात भएको छ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend