images

२०८३ आश्विन २० गते

images
images
images
  • शेयर
  • सोलु हाइड्रोपावरको आईपीओ अर्को साता बाँडफाँट...

सोलु हाइड्रोपावरको आईपीओ अर्को साता बाँडफाँट हुने

सोलु हाइड्रोपावरको आईपीओ अर्को साता बाँडफाँट हुने

images
images
बिहिवार, माघ ८ २०८२
बिहिवार, माघ ८ २०८२
  • काठमाडौं- सोलु हाइड्रोपावर लिमिटेडको आईपीओमा अर्को साता मात्रै बाँडफाँट हुने भएको छ । बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेण्ट बैंकिङ लिमिटेड र हिमालयन क्यापिटल लिमिटेडले आईपीओ अर्को मात्रै बाँडफाँट गर्ने गरि काम गरिरहेको जानकारी दिएका हुन् ।कम्पनीको आईपीओमा २५ लाख ७० हजार ४२२ जनाले ३ करोड १७ लाख ८ हजार ३९० कित्ताका लागि ३ अर्ब १७ करोड ८ लाख ३९ हजार रुपैयाँको आवेदन दिएका छन् । जुन मागभन्दा ३.८६ गुणाले बढी हो ।

    images
    images

    आईपीओमा ८ लाख २० हजारले १०।१० कित्ताका दरले सेयर हात पार्नेछन् । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले कुल २ करोड कित्ता आईपीओ जारी गर्ने अनुमति पाएकोमा आयोजना प्रभावितलाई १ करोड कित्ता र वैदेशिक रोजगारीमा रहेकालाई १० लाख कित्ता निष्कासन गरी बाँडफाँट समेत गरिसकेको छ ।कम्पनीले ५ लाख कित्ता सेयर सामूहिक लगानी कोषका लागि र ३ लाख कित्ता सेयर कम्पनीमा कार्यरत कर्मचारीका लागि सुरक्षित गरी गरेको छ । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend