images

२०८३ आश्विन १६ गते

images
images
images
  • कर्पोरेट
  • कान्तिपुर सिटी कलेज र एनजीसीसीआईबीच समझदारीमा...

कान्तिपुर सिटी कलेज र एनजीसीसीआईबीच समझदारीमा हस्ताक्षर

कान्तिपुर सिटी कलेज र एनजीसीसीआईबीच समझदारीमा हस्ताक्षर

images
images
बिहिवार, माघ ८ २०८२
बिहिवार, माघ ८ २०८२
  • काठमाडौँ । नेपाल–जर्मन उद्योग वाणिज्य संघ (एनजीसीसीआई) र पूर्वाञ्चल विश्वविद्यालय अन्तर्गतको कान्तिपुर सिटी कलेज (केसीसी) बीच उद्योग र शैक्षिक क्षेत्रबीचको दूरी घटाउने उद्देश्यका साथ रणनीतिक समझदारीपत्रमा हस्ताक्षर भएको छ ।एनजीसीसीआई सचिवालय, नक्साल, काठमाडौँमा आज आयोजित कार्यक्रममा एनजीसीसीआई का अध्यक्ष सन्तोष चन्द्र कुँवर र कान्तिपुर सिटी कलेजका अध्यक्ष डा. प्रल्हाद कार्कीले समझदारीपत्रमा हस्ताक्षर गरे । यस साझेदारीको उद्देश्य केसीसीका विद्यार्थीहरूको अनुसन्धान क्षमता, सीप विकास तथा रोजगारी योग्यतालाई जर्मनीसँग आबद्ध तथा नेपालका अग्रणी कर्पोरेट क्षेत्रसँग निरन्तर सहकार्यमार्फत अभिवृद्धि गर्नु हो ।

    images
    images

    समझदारीपत्रमा व्यापार, लगानी, अर्थशास्त्र तथा व्यवसायसम्बन्धी विषयहरूमा संयुक्त अनुसन्धान तथा अध्ययन; जर्मनीबाट सिनियर एक्सपर्ट सर्भिस (एसईएस) को सहजीकरण गरी कार्यशाला, अनुसन्धान परामर्श तथा पाठ्यक्रम विकास; एनजीसीसीआईका सदस्य संस्थाहरूमा केसीसीका विद्यार्थी तथा नयाँ स्नातकहरूका लागि इन्टर्नशिप तथा ट्रेनीशिपका अवसर; संयुक्त सेमिनार, सम्मेलन, वेबिनार तथा उद्योग–शिक्षा गोलमेच संवादको आयोजना; साथै ज्ञान आदान–प्रदान र स्रोत साधनमा सहकार्य गर्ने विषयहरू समेटिएका छन्।हस्ताक्षर समारोहमा बोल्दै एनजीसीसीआईका अध्यक्ष सन्तोष चन्द्र कुँवरले भने, “यो साझेदारी नेपाली स्नातकहरूलाई उद्योगमैत्री बनाउने दिशामा महत्वपूर्ण कदम हो।केसीसीको शैक्षिक उत्कृष्टता, जर्मन मापदण्डको विशेषज्ञता तथा हाम्रो सदस्य कम्पनीहरूलाई जोडेर नेपालका अर्थतन्त्रसँग सान्दर्भिक उच्चस्तरीय अनुसन्धान र वास्तविक करियर मार्ग निर्माण गर्ने हाम्रो लक्ष्य छ।”

    कान्तिपुर सिटी कलेजका प्रेसिडेन्ट डा. प्रल्हाद कार्कीले भने, “एनजीसीसीआई सँग सहकार्य गर्न पाउँदा हामी अत्यन्तै खुसी छौँ। यस समझदारीपत्रले हाम्रा विद्यार्थीहरूलाई व्यवहारिक अनुभव, अन्तर्राष्ट्रिय विज्ञहरूको मार्गदर्शन तथा उत्कृष्ट रोजगारीका अवसर प्रदान गर्नेछ। यो हाम्रो ‘रोजगारीयोग्य र विश्वस्तरीय दक्ष जनशक्ति उत्पादन’ गर्ने दृष्टिकोणसँग पूर्ण रूपमा मेल खान्छ।”समारोहमा एनजीसीसीआई का कोषाध्यक्ष श्री शुभाशिष थपलिया, सह–कोषाध्यक्ष  गोपाल दास मानन्धर, एनजीसीसीआईका सल्लाहकार डा. गोपाल प्रसाद तिवारी तथा कान्तिपुर सिटी कलेजका वरिष्ठ अधिकारीहरूको समेत उपस्थिति रहेको थियो।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend