काठमाडौँ । काठमाडौँ प्रिमियर डिस्टिलरी लिमिटेडले सर्वसाधारणका लागि प्राथमिक शेयर ९आइपिओ० निष्कासन गर्ने भएको छ। आइपिओ निष्कासन तथा बिक्री प्रबन्धकका रूपमा कम्पनीले सिद्धार्थ क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा कुल २२ लाख ५० हजार कित्ता साधारण शेयर निष्कासन गर्न लागेको हो। यससम्बन्धी औपचारिक सम्झौता २०८२ माघ ६ गते काठमाडौँको थापाथलीस्थित प्रिमियर डिस्टिलरी लिमिटेडको कार्यालयमा सम्पन्न भएको छ। सम्झौतापत्रमा प्रिमियर डिस्टिलरी लिमिटेडका तर्फबाट सञ्चालक गौरव शारडा तथा सिद्धार्थ क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सन्दीप कार्कीले हस्ताक्षर गरेका छन्।
वि।सं। २०६९ सालमा सुनसरीको दुहबीमा एक अर्ब रुपैयाँभन्दा बढी लगानीमा स्थापना भएको प्रिमियर डिस्टिलरी लिमिटेड नेपालका सबैभन्दा आधुनिक एकीकृत मदिरा उत्पादन उद्योगहरूमध्ये एक हो। कम्पनीले भोड्का, ह्विस्की, रम र जिन उत्पादनका लागि आवश्यक अन्नमा आधारित ग्रेन–बेस्ड एक्स्ट्रा न्युट्रल अल्कोहल ९जेना० उत्पादन गर्दै आएको छ।
नेपालकै अत्याधुनिक स्वचालित बोटलिङ लाइन तथा उच्चस्तरीय गुणस्तर नियन्त्रण प्रणालीमार्फत सञ्चालन भइरहेको यस उद्योगले आफ्नै प्रयोगका साथै देशभरका अन्य बोटलिङ उद्योगहरूलाई समेत स्पिरिट आपूर्ति गर्दै आएको छ। यसले आयातमा निर्भरता घटाउँदै स्वदेशी उत्पादनमार्फत आत्मनिर्भरता सुदृढ बनाएको कम्पनीको दाबी छ।
प्रिमियर डिस्टिलरी लिमिटेडमा “द हिमालयन रिजर्भ” ह्विस्की तथा भारतको मोहन मीकन लिमिटेडसँग फ्रेन्चाइज सम्झौताअन्तर्गत उत्पादन हुँदै आएको “ओल्ड मङ्क रम” लगायतका चर्चित ब्रान्डका मदिरा उत्पादन हुँदै आएका छन्। अत्याधुनिक प्रविधि, दिगो सञ्चालन पद्धति र ठूलो लगानीका माध्यमबाट कम्पनीले नेपालमा स्पिरिट्स उत्पादन क्षेत्रमा नयाँ मापदण्ड स्थापित गर्दै आएको जनाएको छ।




.gif)





