काठमाडौँ, ७ माघ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले एक फर्मलाई ५० हजार रुपैयाँ जरिवाना गरेको छ । विभागले गरेको बजार अनुगमनका क्रममा कैफियत भेटिएपछि भक्तपुरको सूर्यविनायक–२, बालकोटस्थित खिलुङ्गा कालिका मार्केटिङ प्रालि लाई जरिवाना गरिएको हो ।
उपभोक्ता संरक्षण ऐन, २०७५ अनुसार उक्त फर्ममाथि कारबाही गरिएको विभागले जनाएको छ । यसै क्रममा विभागले थप १२ वटा फर्मको समेत स्थलगत अनुगमन गरेको छ ।
अनुगमन तथा निरीक्षणका क्रममा विभिन्न फर्मलाई सुधारात्मक निर्देशन दिइएको विभागले जानकारी दिएको छ । विभागले नियमित रूपमा बजार अनुगमन गर्दै कानुनको प्रभावकारी कार्यान्वयन गर्दै आएको पनि स्पष्ट पारेको छ ।
स्थानीय प्रशासन तथा उपभोक्ता अधिकारकर्मीको सहभागितामा अनुगमन गरिएको विभागको भनाइ छ ।




.gif)





