images

२०८३ आश्विन १९ गते

images
images
images
  • बजार
  • थाइल्याण्डबाट कुरिलो आयात, मूल्य १८ सय...

थाइल्याण्डबाट कुरिलो आयात, मूल्य १८ सय नाघ्यो

थाइल्याण्डबाट कुरिलो आयात, मूल्य १८ सय नाघ्यो

images
images
मंगलवार, माघ ६ २०८२
मंगलवार, माघ ६ २०८२
  • बजारमा कुरिलोको मूल्य बढेको छ।अफसिजन भएकाले मूल्य बढी भएको तरकारी व्यवसायी खोम प्रसाद घिमिरेले जानकारी दिए। 'अहिले बजारमा देखिएको कुरिलो थाइल्याण्डको हो,'  उनले भने।उनका अनुसार कुरिलोको मुख्य सिजन वैशाखदेखि भदौसम्म हो। सिजनको समयमा स्वदेशी उत्पादनले माग धान्छ। यो बेला विदेशबाट आयात पनि खासै हुँदैन।पछिल्लो समय कुरिलोको माग बढ्न थालेपछि अफसिजनको बेला पनि आयात हुने थालेको हो। 

    images
    images

    'पहिले माग नै थिएन। अहिले खपत बढेर महँगो भएपनि बाहिरबाट व्यवसायीले ल्याउन थाले,' उनले भने।कालीमाटी फलफूल तथा तरकारी बजारमा कुरिलोको होलसेल मूल्य न्यूनतम १७ सय ५० देखि अधिकतम १८ सय ५० रूपैयाँ छ।कुरिलो एक प्रकारको औषधिजन्य वनस्पति हो। आकारका आधारमा यो सानो र ठूलो गरी दुई प्रकारका हुन्छन्।विशेषगरी यसको टुसाको सुप बनाएर खाने गरिन्छ।कुरिलो खानाले शरीरलाई शक्ति दिनुका साथै रक्तपित्त, दुर्बलता हटाउन तथा महिनावारी गडबडीको समस्या समाधानका लागि उपयोगी हुन्छ।कुरिलोलाई तरकारी बनाएर तथा सुप बनाएर खानाले शरीर दुखेको निको हुन्छ। कुरिलोमा प्रशस्त मात्रामा भिटामिन, प्रोटिन तत्व पाइन्छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend