काठमाडौँ, ५ माघ । नेपाल लेयर्स कुखुरापालक संघले अन्डाको नयाँ समर्थन बिक्री मूल्य निर्धारण गरेको छ । संघले काठमाडौं र बनेपामा सम्पन्न भौतिक बैठक तथा देशभरका अन्डा उत्पादक किसानबाट प्राप्त सुझाव र सिफारिसका आधारमा सोमबार देखि लागू हुने गरी नयाँ मूल्य तोकेको हो ।
चितवनलाई मुख्य आधार मानेर देशभरिका लागि अन्डाको फार्म मूल्य निर्धारण गरिएको संघले जनाएको छ । संघका सचिव मदन पोखरेलका अनुसार एक्सएल अन्डाको मूल्य प्रतिक्रेट ४८० रुपैयाँ, ठूलो अन्डाको ४६५ रुपैयाँ र मिडियम अन्डाको ४४५ रुपैयाँ कायम गरिएको छ ।
त्यसैगरी, चितवनबाट अन्डा लोड भई देशका विभिन्न भागमा रहेका बिक्री डिपोहरूमा पुर्याउँदा लाग्ने ढुवानी भाडा, कार्टुन तथा क्रेट खर्चबापत प्रतिपेटी १३० रुपैयाँ अतिरिक्त शुल्क लाग्ने संघले जानकारी दिएको छ ।
संघका अनुसार नयाँ मूल्यले किसानलाई उत्पादन लागत धान्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।




.gif)





