images

२०८३ आश्विन १७ गते

images
images
images

पुसमा बढेन घरजग्गा किनबेच, राजस्व यो वर्षकै उच्च

पुसमा बढेन घरजग्गा किनबेच, राजस्व यो वर्षकै उच्च

images
images
सोमवार, माघ ५ २०८२
सोमवार, माघ ५ २०८२
  • चालु आर्थिक वर्ष २०८२/८३ को मंसिर महिनामा यो वर्षकै उच्च घरजग्गा कारोबार भएकोमा पुसमा भने स्थिर छ।अघिल्लो महिना अर्थात् मंसिरको तुलनामा पुसमा घरजग्गाका कारोबार स्थिर भएको भूमि व्यवस्था तथा अभिलेख विभागको तथ्यांकले देखाएको छ। पुसमा देशभर ५१ हजार आठ सय संख्यामा घरजग्गा कारोबार भएको छ। त्यस्तै, मंसिरमा देशभर ५१ हजार ६ सय संख्यामा घरजग्गा कारोबार भएको थियो। कारोबार घटेपनि राजस्व भने ६ प्रतिशतले बढेको छ। 

    images
    images

    पुसमा  ५१ हजार आठ सय संख्यामा घरजग्गा कारोबार हुँदा सरकारलाई पाँच अर्ब १७ करोड रूपैयाँ राजस्व प्राप्त भएको छ।मंसिरमा चार अर्ब ८४ करोड रूपैयाँ राजस्व प्राप्त भएको थियो। सरकारलाई घरजग्गा कारोबारबाट सेवा कर, रजिस्ट्रेसन दस्तुर, पुँजीगत लाभकर लगायत विभिन्न शीर्षकमा राजस्व प्राप्त हुन्छ।त्यसमध्ये सबैभन्दा बढी रजिस्ट्रेसन (दर्ता) दस्तुर र पुँजीगत लाभकरबाट प्राप्त हुन्छ।पुसमा प्राप्त भएको राजस्व भने यो वर्षकै उच्च हो। 

    पुसमा ठूला तथा महँगा घरजग्गाको किनबेच भएकाले राजस्व वृद्धि भएको जग्गा तथा आवास विकास महासंघ (एनएचएलडिएफ) का अध्यक्ष विष्णु प्रसाद घिमिरेले बताए।'अहिले घरजग्गा कारोबारमा धेरै चासो छ। कित्ताकाट नखुल्दा महँगा प्रोपर्टी खरिद बिक्री हुन सकेको थिएन,' उनले भने, 'कित्ताकाट खुलेपछि बिक्री बढ्यो।' उनका अनुसार मंसिरदेखि जेठसम्म घरजग्गा कारोबारको सिजन हो। फागुनमा प्रतिनिधिसभा निर्वाचन हुन गइरहेकाले धेरैको ध्यान निर्वाचनले तानेको छ। चुनावपछि भने घरजग्गा कारोबार बढ्ने छ। 

    images
    images

    चालु आर्थिक वर्ष साउनदेखि पुससम्म भएको घरजग्गा कारोबारको विवरणः

    महिना

    कारोबार संख्या

    राजस्व

    साउन

    ३१ हजार ६२९

    तीन अर्ब २८ करोड

    भदौ

    २७ हजार ४९४

    तीन अर्ब १४ करोड

    असोज

    २३ हजार ३५३

    दुई अर्ब ७५ करोड

    कात्तिक

    २८ हजार ३८३

    दुई अर्ब ७४ करोड

    मंसिर

    ५१ हजार ६३२

    चार अर्ब ८४ करोड

    पुस

    ५१ हजार ८८८

    पाँच अर्ब १७ करोड

                                             स्रोतः भूमि व्यवस्थापन तथा अभिलेख विभाग 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend