images

२०८३ आश्विन १८ गते

images
images
images

आलु सस्तियो,प्रतिकिलो कति ?

आलु सस्तियो,प्रतिकिलो कति ?

images
images
आइतवार, माघ ४ २०८२
आइतवार, माघ ४ २०८२
  • काठमाडौं । स्थानीय बजारमा आलुको भाउ घटेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सार्वजनिक गरेको तथ्यांकले आइतबार आलुको भाउ घटेको देखाएको हो ।बजारमा अहिले भारतीय र नेपाली रातो आलु किन्न पाइन्छ ।

    images
    images

    आज कालीमाटी बजारमा रातो आलुको भाउ प्रतिकिलो थोकमा न्यूनतम २६ देखि अधिकतम ३१ रुपैयाँमा किनबेच भएको छ । यस्तै औसत भने प्रतिकिलो २८ रुपैयाँ कायम छ ।हिजो शनिबार रातो आलु प्रतिकिलो थोकमा न्यूनतम २८ देखि अधिकतम ३२ र औसत ३० रुपैयाँमा किनबेच भएको थियो ।यस्तै हिजोको तुलनामा आज भारतीय रातो आलुको भाउ पनि घटेको तथ्यांकले देखाउँछ । आज भारतीय रातो आलु प्रतिकिलो थोकमा न्यूनतम २५ देखि अधिकतम २६ रुपैयाँमा किनबेच भइरहेको छ ।हिजो शनिबार भने उक्त आलु न्यूनतम २५ देखि अधिकतम २७ र औसत २६ रुपैयाँमा किनबेच भएको थियो ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend