images

२०८३ आश्विन १७ गते

images
images
images

मधेस सरकारको बजेट खर्च निराशाजनक

मधेस सरकारको बजेट खर्च निराशाजनक

images
images
शुक्रवार, माघ २ २०८२
शुक्रवार, माघ २ २०८२
  • जनकपुर । चालु आर्थिक वर्षको ६ महिनासम्म मधेस प्रदेश सरकारको बजेट खर्च निराशाजनक देखिएको छ । प्रदेश सरकारको बजेट खर्च अनुपात दुई डिजिटमा पनि पुग्न सकेको छैन ।  लेखा नियन्त्रक कार्यालयका अनुसार चालु आर्थिक वर्षमा कुल बजेटको ७.७१ प्रतिशत बजेट मात्रै खर्च भएको छ । चालु आर्थिक वर्षको साउनदेखि पुससम्म ६ महिनाको अवधिमा चालु र पुँजीगत गरी कुल ३ अर्ब ६२ करोड ३५ लाख ५३ हजार रुपैयाँ खर्च भएको छ । 

    images
    images

    यसमा सबैभन्दा बढी चालु खर्चतर्फ २ अर्ब रकम खर्च भएको छ । पुँजीगततर्फ भने १ अर्ब मात्रै अहिलेसम्म खर्च भएको छ । प्रदेश लेखा नियन्त्रक कार्यालयका लेखापाल मनोज झाका अनुसार चालु आर्थिक वर्षको ६ महिनामा कुल बजेटमध्ये पुँजीगत खर्च ३.३६ प्रतिशत छ । लु  खर्चतर्फ भने त्यसको कुल बजेटध्ये १५ दशमलव ५८ प्रतिशत रकम खर्च भइसकेको उनको भनाइ छ ।  

    कुन-कुन मन्त्रालयको दुई अंकमा छैन खर्च ?

    images
    images

    मधेस सरकारले चालु आर्थिक वर्षको ६ महिना पुगिसक्दा पनि आफ्नो कुल बजेटको खर्च रकम बढाउन सकेको छैन । कतिपय मन्त्रालयले त दुई डिजिटमा समेत आफ्नो मन्त्रालयबाट रकम खर्च गर्न सकेका छैनन् । लेखा नियन्त्रक कार्यालयका अनुसार ६ वटा मन्त्रालयले आफ्नो बजेटमध्येको रकम दुई डिजिटमा पुर्‍याउन सकेको छैन । ती मन्त्रालयहरुले १ देखि ८ प्रतिशतसम्म मात्रै कुल बजेटको रकम खर्च गर्न सकेका छन् । आफ्नो कुल बजेटको कम खर्च गर्ने मन्त्रालयहरुमा खेलकुद तथा समाज कल्याण मन्त्रालय, भौतिक पूर्वाधार विकास मन्त्रालय, गृह सञ्चार तथा कानुन मन्त्रालय, ऊर्जा सिँचाईं तथा खानेपानी मन्त्रालय, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय र उद्योग मन्त्रालय रहेका छन् । चालु आर्थिक वर्षको ६ महिनामा उद्योग मन्त्रालयले ३.०२ प्रतिशत, कृषि मन्त्रालयले ६.४४ प्रतिशत, ऊर्जा सिँचाईं मन्त्रालयले ५.१५, भौतिक पूर्वाधार मन्त्रालयले ५.४६ र खेलकु्द मन्त्रालयले १.२० प्रतिशत रकम मात्रै खर्च गर्न सकेको प्रदेश लेखा नियन्त्रक कार्यालयले जनाएको छ । 

    कुन-कुन मन्त्रालयको बढी खर्च ?

    चालु आर्थिक वर्षकै ६ महिनामा मुख्यमन्त्री कार्यालयसहित बाँकी मन्त्रालयहरुको खर्च अनुपात तुलनात्मक रूपमा बढी छ । मुख्यमन्त्री कार्यालयले चालु र पुँजीगत गरी अहिलेसम्म १७.०५ प्रतिशत बजेट रकम खर्च गरिसकेको छ । 
    त्यसैगरी सबैभन्दा बढी खर्च गर्ने मन्त्रालयमा अर्थ मन्त्रालय छ । यो मन्त्रालयले अहिलेसम्म चालु र पुँजीगत दुवै गरेर २१.३१ प्रतिशत रकम खर्च गरेको विवरण छ । त्यसपछि बढी रकम खर्च हुने मन्त्रालयहरुमा शिक्षा, स्वास्थ्य र श्रम मन्त्रालय छन् । शिक्षा मन्त्रालयले ६ महिनाको अवधिमा चालु र पुँजीगत गरी १०.२६, स्वास्थ्य मन्त्रालयले १२.३६, श्रम मन्त्रालयले १८.७७ प्रतिशत र वन तथा वातावरण मन्त्रालयले १६.२० प्रतिशत रकम कुल बजेटबाट खर्च गरेको छ । 

    कुल बजेट कति ?

    मधेस सरकारले चालु आर्थिक वर्षको लागि ४६ अर्ब ९८ करोड ३३ लाख ५१ हजार रूपैयाँ बजेट विनियोजन गरेको छ । यसमध्ये चालुतर्फ १६ अर्ब ७२ करोड भन्दा बढी बजेट छुटयाइएको छ भने पुँजीगततर्फका लागि ३० अर्ब २६ करोड बजेट विनियोजन गरिएको छ । यो कुल बजेट रकममध्ये अहिलेसम्म प्रदेश सरकारले चालु र पुँजीगत गरी ३ अर्ब ६२ करोड ३५ लाखको हाराहारीमा बजेट रकम खर्च गरेको छ ।जेनजी आन्दोलन, प्रदेश सरकारको आन्तरिक विवादसहितका कारणले अझ बढी बजेट रकम खर्च हुन नसकेको प्रदेश लेखा नियन्त्रक कार्यालयका लेखापाल झाको दाबी छ । यद्यपि, अघिल्लो वर्षको यही ६ महिनामा भने अझ कम बजेट रकम खर्च भएको आँकडा छ । अघिल्ला आर्थिक वर्षहरूमा यसै अवधिमा प्रदेश सरकारले कुल बजेटको ५.६१ प्रतिशत रकम मात्रै खर्च गरेको थियो ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend