images

२०८३ आश्विन १९ गते

images
images
images
  • बजार
  • बढ्यो सुनचाँदीको भाउ, कतिमा हुँदैछ कारोबार...

बढ्यो सुनचाँदीको भाउ, कतिमा हुँदैछ कारोबार ?

बढ्यो सुनचाँदीको भाउ, कतिमा हुँदैछ कारोबार ?

images
images
शुक्रवार, माघ २ २०८२
शुक्रवार, माघ २ २०८२
  • काठमाडौँ । नेपाली बजारमा साताको अन्तिम दिन शुक्रबार सुनचाँदीको भाउ वृद्धि भएको छ ।बिहीबारको तुलनामा शुक्रबार सुनको भाउ तोलामा सात सय र चाँदीको एक सय ६० रुपैयाँ बढेको नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले जनाएको छ । मूल्य बढेसँगै शुक्रबार छापावाला सुनको भाउ प्रतितोला दुई ७७ हजार दुई सय रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

    images
    images

    सुनको भाउ यसअघि बिहीबार प्रतितोला दुई लाख ७६ हजार पाँच सय रुपैयाँ रहेको थियो ।सुनको भाउ हालसम्मकै उच्च पुस ३० मा प्रतितोला दुई लाख ७८ हजार रुपैयाँ पुगेको थियो ।यता, बिहीबार प्रतितोला पाँच हजार चार सय ८५ रुपैयाँमा कारोबार भएको असली चाँदीको भाउ बढेर शुक्रबार पाँच हजार छ सय ४५ रुपैयाँ पुगेको महासंघले जनाएको छ ।चाँदीको भाउ पनि हालसम्मकै उच्च पुस ३० मै प्रतितोला पाँच हजार छ सय ५५ रुपैयाँ पुगेको थियो ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend