काठमाडौँ, १ माघ । चालु आर्थिक वर्ष २०८१।८२ को पहिलो ६ महिनामा सरकारले ५ खर्ब ८१ अर्ब ४१ करोड रुपैयाँ राजस्व संकलन गरेको छ। राजस्व व्यवस्थापन सूचना प्रणालीको तथ्यांक अनुसार पुस ३० गतेसम्मको संकलन अर्धवार्षिक लक्ष्यको ८१.७५ प्रतिशत मात्र हो।
सरकारले पुस मसान्तसम्म ७ खर्ब ११ अर्ब २१ करोड रुपैयाँ राजस्व उठाउने लक्ष्य राखेको थियो। तर लक्ष्य भन्दा करिब १ खर्ब ३० अर्ब रुपैयाँ कम संकलन भएको अर्थ मन्त्रालयले जनाएको छ।
चालु आर्थिक वर्षका लागि सरकारको वार्षिक राजस्व लक्ष्य १४ खर्ब ८० अर्ब रुपैयाँ रहेको छ। हालसम्म संकलित राजस्व वार्षिक लक्ष्यको करिब ३९ प्रतिशत मात्र पुगेको छ।




.gif)





