images

२०८३ आश्विन १६ गते

images
images
images
  • समाचार
  • कांग्रेस कसैको निजी कम्पनी होइनः महामन्त्री...

कांग्रेस कसैको निजी कम्पनी होइनः महामन्त्री गगन थापा

कांग्रेस कसैको निजी कम्पनी होइनः महामन्त्री गगन थापा

images
images
बुधवार, पौष ३० २०८२
बुधवार, पौष ३० २०८२
  • काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कांग्रेस कसैको निजी कम्पनी नभएको बताएका छन्। भृकुटीमण्डपमा जारी विशेष महाधिवेशन पक्षधरलाई सम्बोधन गर्दै उनले आफूहरूलाई कसैले निकाल्न नसक्ने स्पष्ट पारे।

    images
    images

    “कांग्रेस कसैको निजी कम्पनी होइन कि हामीलाई निकाल्न सकियोस्। हामी कसैको घरमा गएको पनि होइन कि हाम्रो घरबाट निस्केर जाऊ भन्न मिलोस्,” थापाले भने, “कारबाही गर्नुअघि स्पष्टीकरण सोध्ने चलन निजी कम्पनीमा समेत हुन्छ।”

    उनले सानेपामा बसेको केन्द्रीय कार्यसमिति बैठकको कुनै तुक नरहेको टिप्पणी गरे। केन्द्रीय कार्यसमिति पहिले नै भंग भइसकेकाले त्यसले कुनै पनि निर्णय गर्न नसक्ने उनको दाबी थियो।
    “बैठकको निर्णयमा मेरो टिप्पणी छैन, तर केन्द्रीय कार्यसमितिको बैठक बस्नै सक्दैन, किनकि त्यो अस्ती नै भंग भइसकेको हो,” उनले भने।

    images
    images

    महामन्त्री थापाले पार्टी नफुटेको र कांग्रेस भृकुटीमण्डपमै रहेको बताए। विशेष महाधिवेशनले नै नयाँ नेतृत्व चयन गर्ने उनको भनाइ थियो।
    “हामी पार्टीको विधानअनुसार नै अघि बढिरहेका छौं। त्यही विधानको आधारमा नयाँ नेतृत्व चयन हुन्छ,” उनले भने। विधानअनुसार आएको परिणामलाई निर्वाचन आयोगले पनि स्वीकार गर्नुपर्ने उनको जोड थियो।

    उनले युवाहरूले सत्ता ढालिसकेको स्मरण गराउँदै कांग्रेस कहिले चेत्ने हो भनेर प्रश्न गरे। साथै, संस्थापन पक्षले दुई महामन्त्रीलाई अलमल्याएर निर्वाचन आयोगमा पत्र दिएको आरोप लगाए।
    “दुई महामन्त्रीलाई अलमल्याउन सक्नुहोला, तर देशभरिका कांग्रेस कार्यकर्तालाई कसरी अलमल्याउनुहुन्छ?” उनले प्रश्न गरे।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend