images

२०८३ आश्विन १७ गते

images
images
images

२०२५ मा चीनको व्यापार बचत १२ खर्ब डलर

२०२५ मा चीनको व्यापार बचत १२ खर्ब डलर

images
images
बुधवार, पौष ३० २०८२
बुधवार, पौष ३० २०८२
  • बेइजिङ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग अतिरिक्त भन्सार महसुल (ट्यारिफ) तनाव बढेको भएपनि २०२५ मा चीनले बाँकी विश्वसँगको व्यापारमा प्रशस्त बचत गरेको छ । गएको वर्ष चीनले झन्डै १२ खर्ब डलर व्यापार बचत गरेको छ । यो अहिलेसम्मकै धेरै हो । अमेरिकासँगको व्यापार र ट्यारिफ तनावका बीचमा ट्रम्प प्रशासनले अमेरिकी कम्पनीहरूको अर्डर अन्य बजारतिर सारिरहँदा यो तथ्याङ्क बाहिरिएको हो ।गएको वर्ष जनवरीमा ट्रम्प दोहोर्‍याएर ह्वाइट हाउसमा छिरेपछि अमेरिका र चीनबिच ट्यारिफ तनाव बढेयता चिनियाँ कम्पनीहरूले दक्षिण पूर्वी एशिया, अफ्रिका र ल्याटिन अमेरिकामा व्यापार बढाइरहेका छन् । घरजग्गा बजारमा आएको मन्दी र घरेलु मागमा आएको सुस्तीबाट बच्न पनि चीनले निर्यात बढाउने नीति अपनाइरहँदा व्यापार बचतले कीर्तिमानी उचाइ छोएको हो ।

    images
    images

    २०२५ भर चीनको व्यापार बचत ११ खर्ब ८९ अर्ब डलर रहेको बुधबार प्रकाशित भन्सारको तथ्याङ्कले देखाएको छ । यो भनेको साउदी अरब जस्ता विश्वका २० ठुला अर्थतन्त्रको जीडीपी बराबर हो । नोभेम्बरमा पहिलो पटक चीनको व्यापार बचत १० खर्ब डलर माथि उक्लिएको थियो । विश्व व्यापार वृद्धिको गति पर्याप्त नरहेको र चीनको विदेश व्यापारको लागि बाह्य वातावरण पनि गम्भीर र जटिल रहेको चीनको भन्सार मन्त्रालयका उपमन्त्री वाङ जुनले बुधबार पत्रकार सम्मेलनमा भने ।यद्यपि, व्यापार साझेदारमा विविधीकरण गर्ने चीनको क्षमताले जोखिम निकै हदसम्म सहन सकेको पनि उनले बताए । डिसेम्बरमा चीनको निर्यात वार्षिक ६ दशमलव ६ प्रतिशतले बढेको छ । नोभेम्बरमा यो दर ५ दशमलव ९ प्रतिशत थियो । सो अवधिमा निर्यात ३ प्रतिशतले बढ्ने रोयटर्सको जनमत सर्वेक्षणले देखाएको थियो । डिसेम्बरमा आयात ५ दशमलव ७ प्रतिशतले बढेको छ । नोभेम्बरमा यो दर १ दशमलव ९ प्रतिशत मात्रै थियो । सो अवधिमा आयात शून्य दशमलव ९ प्रतिशतले मात्रै बढ्ने अनुमान गरिएको थियो । निर्यातमा भएको सुदृढ वृद्धिले कमजोर घरेलु मागको प्रभाव कम गर्न मद्दत गरेको पिनप्वाइन्ट एसेट म्यानेजमेन्टमा प्रमुख अर्थशास्त्री रहेका निवेई झाङ भन्छन् ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend