images

२०८३ आश्विन १७ गते

images
images
images

काठमाडौं उड्न लागेको जहाजमा यात्रुले आपत्कालीन ढोका खोलेपछि.....

काठमाडौं उड्न लागेको जहाजमा यात्रुले आपत्कालीन ढोका खोलेपछि.....

images
images
बुधवार, पौष ३० २०८२
बुधवार, पौष ३० २०८२
  • भैरहवा । भैरहवाबाट काठमाडौंका लागि उडान भर्ने तयारीमा रहेको बुद्ध एयरको जहाजमा एक यात्रुले अनाधिकृत रूपमा आपतकालीन ढोका खोलेपछि उडान ढिला भएको छ।बुद्ध एयरका अनुसार आज निर्धारित उडान नं. ८५२ (जहाज ९एन-एएमडी) मा सवार यात्रु सुमन गौतमले आकस्मिक ढोका खोलेका थिए। उक्त घटनापछि उडान तत्काल स्थगित गरिएको थियो।बुद्ध एयरका प्रवक्ता दिपेन्द्र कर्णले हवाई सुरक्षा मापदण्डअनुसार आवश्यक प्रक्रिया अघि बढाइएको बताए। उनले भने, 'यात्रुले अनधिकृत रूपमा आपतकालीन ढोका खोलेपछि जहाजको पूर्ण सुरक्षा सुनिश्चित गर्न प्राविधिक परीक्षण आवश्यक हुन्छ। त्यसका लागि काठमाडौंबाट प्राविधिक टोली भैरहवा प्रस्थान गरिसकेको छ।'

    images
    images

    उनले घटनामा संलग्न यात्रुलाई तत्कालै विमानस्थल सुरक्षाकर्मीको जिम्मा लगाइएको बताए। प्राविधिक टोलीद्वारा विस्तृत परीक्षण सम्पन्न भई जहाज सुरक्षित ठहरिएपछि मात्र उडान सञ्चालन गरिने उनले बताए।घटनापछि उडान केही समयका लागि ढिलाइ भएको छ भने यात्रुहरूलाई आवश्यक जानकारी दिइएको बुद्ध एयरले जनाएको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend