images

२०८३ आश्विन १८ गते

images
images
images

मस्कले सित्तैमा दिए इरानमा इन्टरनेट

मस्कले सित्तैमा दिए इरानमा इन्टरनेट

images
images
बुधवार, पौष ३० २०८२
बुधवार, पौष ३० २०८२
  • तेहरान । अमेरिकी खर्बपति व्यापारी एलन मस्कको सेटलाइट इन्टरनेट सेवा प्रदायक कम्पनी स्टारलिंकले इरानी प्रयोगकर्तालाई निःशुल्क इन्टरनेट उपलब्ध गराएको छ । सरकार विरोधी प्रदर्शन उग्र बन्दै गर्दा हताहतको संख्या बढिरहेको समयमा कम्पनीले निःशुल्क इन्टरनेट दिएको हो । यसअघि इरानमा निस्क्रिय रहेको स्टारलिंकको खाताहरूमा अब कनेक्शन देखिएको बताइएको छ ।

    images
    images

    मंगलबारसम्म सब्सक्रिप्शन शुल्क पनि मिनाहा गरिएको प्राविधिक गैरनाफामुखक संस्था होलिष्टिक रिसिलेन्सका कार्यकारी निर्देशक अहमद अहमदियनले बताए । यो हप्ताको शुरुमा इरानमा इन्टरनेट पुनःस्थापीत गराउने विषयमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र मस्कबीच कुराकानीपछि स्टारलिंकले इरानमा इन्टरनेट दिएको हो । यस मामिलामा स्पेश एक्स र ह्वाइट हाउस दुबैले कुनै पनि प्रतिक्रिया दिएका छैनन् । सरकार विरोधी प्रदर्शन हिंस्रक बन्दै गर्दा इरानमा मृत्यु हुनेको संख्या २ हजार नाघेको छ । यस्तोमा प्रदर्शनलाई थप भड्किन नदिन सरकारले कयौं दिनसम्म इन्टरनेट र फोन सेवा ठप्प बनाएको थियो । सरकारले स्टारलिंकको इन्टरनेट पनि जाम गराइदिने हो कि भन्ने चिन्ता विज्ञहरूले गरेका छन् ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend