images

२०८३ आश्विन १७ गते

images
images
images

लगानी बोर्डबाट हालसम्ममा १७ खर्बका ५५ आयोजना स्वीकृत

लगानी बोर्डबाट हालसम्ममा १७ खर्बका ५५ आयोजना स्वीकृत

images
images
मंगलवार, पौष २९ २०८२
मंगलवार, पौष २९ २०८२
  • काठमाडौं । लगानी बोर्डबाट हालसम्ममा १७ खर्ब १६ अर्ब रुपैयाँका ५५ वटा आयोजना स्वीकृत भएका छन् ।लगानी बोर्डका प्रमुख कार्यकारी अधिर्कत (सीईओ) सुशील ज्ञवालीका अनुसार हालसम्म स्वीकृत भएका आयोजनामध्ये अधिकांशा निर्माणकै चरणमा रहेका छन् । केही ठूला आयोजनामा बोर्डले लगानी खोजिरहेको पनि उनले जानकारी दिए ।लगानी बोर्डले स्वीकृत गरेका यस्ता आयोजनामा सबैभन्दा बढी ऊर्जाका छन् । ऊर्जामा ४० वटा आयोजना स्वीकृत भएका छन्। यी आयोजनाको लगात १३ खर्ब ३७ अर्ब रुपैयाँ रहेको छ ।नेपालमा सबैभन्दा बढी संभावना देखिएको र लगानीकर्ताकले उत्साहका साथ लगानी अगाडि बढाएका ऊर्जाका यी परियोजना भने एक दश अगाडिदेखि नै सुरु भएकादेखि नयाँसम्म छन् ।

    images
    images

    आयोजनाका हिसावले उत्पादनमूलक आयोजनामा पनि लगानीकर्ताको उत्साह देखिएको छ । लगानीकर्ताले रुची देखाएका यसका आयोजनामा ९ वटा छन । यी आयोजनामा २ अर्ब ३६ अर्ब रुपैयाँ लगानी स्वीकृत भएको छ ।बोर्डबाट स्वीकृत भएका आयोजानामा युटिलिटीका ३ वटा छन् । यसमा ५ अर्ब लगानी हुने प्रस्ताव लगानीकर्ताले गरेका छन् ।दुईवटा पर्यटकका आयोजना पनि लगानीबोर्डबाट स्वीकृत भएर अगाडि बढिरहेको छ । यी दुइ आयोजनाको लागत भने ७१ अर्ब रुपैयाँ रहेको छ ।पर्यटनका यी दुई आयोजनामा करिब १४ अर्ब रुपैयाँका तीन होटलका एउटै परियोजना छ । २०७५ जेठमा लगानी स्वीकृत भएर निर्माण चरणमा गएका यी आयोजना दहचोक, भक्तपुर र पोखरामा रहेका छन । पर्यटनको अर्को परियोजनामा ८१ किलोमिटरको नयाँपुल मुक्तिनाथ केवलकार रहेको छ ।

    बोर्डबाट स्वीकृत भएर अगाडि बढेको पूर्वाधारको एउटै मात्र परियोजनामा करिब ६५ अर्ब रुपैयाँको दमकमा चीन नेपाल फ्रेन्डसीप इन्ड्रस्टियल पार्क रहेको छ । यो परियोजना लगानी बोर्डबाट २०७६ मा नै स्वीकृति भएर अगाडि बढेको छ ।उत्पादनमूलक क्षेत्रमध्ये १५ अर्ब लगानीको सम्राट सिमेन्ट, ३७ अर्ब रुपैयाँको होङ्सी र २१ अर्ब रुपैयाँको हुवासिनले उत्पादन सुरु गरिसकेको छ भने अरुले बोर्डबाट स्वीकृति लिएर निर्माणकै चरणमा काम गरिरहेका छन् ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend