images

२०८३ आश्विन १६ गते

images
images
images
  • समाचार
  • निलम्बित सांसद सरोज कुमार सिंहसहित १६...

निलम्बित सांसद सरोज कुमार सिंहसहित १६ जनाविरुद्धको भ्रष्टाचार मुद्दामा पेसी तोकियो

निलम्बित सांसद सरोज कुमार सिंहसहित १६ जनाविरुद्धको भ्रष्टाचार मुद्दामा पेसी तोकियो

images
images
मंगलवार, पौष २९ २०८२
मंगलवार, पौष २९ २०८२
  • काठमाडौँ । मधेस प्रदेशका पूर्व राज्यमन्त्रीसमेत रहेका निलम्बित सांसद सरोज कुमार सिंहसहित १६ जनाविरुद्ध दायर भ्रष्टाचार मुद्दाको सुनुवाइका लागि पेसी तोकिएको छ ।विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट तथा न्यायाधीश उमेश कोइराला र विदुर कोइरालको इजलासमा मंगलबार उक्त मुद्दाको सुनुवाइ हुने भएको हो ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिंहविरुद्ध ३८ लाख ५० हजार ३ सय १९ रुपैयाँ बिगो मागदाबी गरेको छ । उपभोक्ता समितिका खातामा जम्मा भएको रकम आफ्ना स्वकीय सचिव विनोद कुमार लाल कायस्थमार्फत झिक्न लगाई उक्त रकम आफ्नो र श्रीमतीको नाममा रहेको संयुक्त खातामा जम्मा गरी हिनामिना गरेको अभियोग आयोगले लगाएको छ ।

    images
    images

    यसै अभियोगमा सिंहसहित १६ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरिएको हो ।मुद्दा दायर भएका अन्य प्रतिवादीमा रमेश मडर, अमलेश कुमारी, दिपाराज देवी राजपूत, भिखारी राउत कुर्मी, भूपेन्द्र कुमार झा, मञ्जु देवी पासमान, रामनाथ सहनी, स्वीकृति देवी भन्ने स्वीकृति देवी, रामशरण खत्वे, बिभा देवी खत्वे, शम्भु कुमार मण्डल, योगिन्द्र महतो, सुनयना कुमारी, यमुना प्रसाद महतो र कौशिल्या देवी रहेका छन् ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend